ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अटोमोबाइल क्षेत्र अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव


ABC NEWS
९ भदौ २०८३, मंगलबार   २ : २५   बजे

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालको आर्थिक विकास, आधुनिकता र गतिशीलतामा अटोमोबाइल क्षेत्रले महत्वपूर्ण भूमिका खेलिरहेको बताएका छन्। उनले अटोमोबाइल क्षेत्रलाई नेपालको अर्थतन्त्रको महत्वपूर्ण आधार तथा मेरुदण्डका रूपमा चित्रण गरेका छन्।

मंगलबार ‘नाडा अटो शो २०२६’ को १८औँ संस्करण उद्घाटन गर्दै उपराष्ट्रपति यादवले अटोमोबाइल क्षेत्रले देशको आर्थिक रूपान्तरणमा योगदान पुर्‍याउँदै आएको उल्लेख गरे।

उनले भने, “नेपालको गतिशीलता, आधुनिकता र आर्थिक रूपान्तरणको एउटा सशक्त मार्गचित्र कोर्न नाडा सफल हुनेछ।”

उपराष्ट्रपति यादवले जलविद्युत्को प्रचुर सम्भावना भएको नेपालले पेट्रोलियम पदार्थमा निर्भरता घटाउँदै विद्युतीय सवारीसाधनको प्रयोगलाई प्राथमिकता दिनुपर्ने बताए।

नेपालले इन्धन आयातका लागि वार्षिक रूपमा ठूलो रकम विदेश पठाइरहेको उल्लेख गर्दै उनले विद्युतीय सवारीको विस्तारलाई त्यसको प्रभावकारी विकल्पका रूपमा अघि बढाउनुपर्ने धारणा राखे।

उनले जलविद्युत् उत्पादन बढ्दै गएको अवस्थामा देशभित्र उत्पादन भएको स्वच्छ ऊर्जालाई यातायात क्षेत्रमा प्रयोग गर्न सके इन्धन आयातमा हुने ठूलो खर्च घटाउन सकिने बताए।

चार्जिङ पूर्वाधार विस्तारमा सरकार–निजी क्षेत्र सहकार्य आवश्यक

वातावरणमैत्री तथा प्रविधिमैत्री नेपाल निर्माणका लागि विद्युतीय सवारीको प्रयोगसँगै आवश्यक पूर्वाधार विस्तार गर्नुपर्नेमा पनि उपराष्ट्रपति यादवले जोड दिए।

उनले चार्जिङ स्टेसनलगायतका आवश्यक संरचना विस्तारका लागि सरकार र निजी क्षेत्रबीच प्रभावकारी सहकार्य आवश्यक रहेको बताए।

उपराष्ट्रपति यादवले नाडा अटो शोले नेपालको अटोमोबाइल बजारलाई चलायमान बनाउन तथा उद्यमशीलताको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको उल्लेख गरे।

उनले अब केवल आयात र बिक्रीमा सीमित नभई नेपालमै अटोमोबाइल तथा त्यससँग सम्बन्धित उत्पादनको सम्भावनाबारे पनि ध्यान दिनुपर्ने बताए।

नेपाली अटोमोबाइल क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन नाडाले थप सक्रिय भूमिका खेल्नुपर्ने उनको भनाइ थियो। उनले अटोमोबाइल क्षेत्रको विकासले आन्तरिक उत्पादन, उद्यमशीलता र रोजगारी सिर्जनामा समेत योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

उपराष्ट्रपति यादवले नाडाको उद्देश्यअनुरूप देशको आर्थिक विकास र आधुनिक यातायात प्रणालीको विस्तारमा थप योगदान पुग्ने अपेक्षा गर्दै अटो शोको सफलताको शुभकामना व्यक्त गरे।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अटोमोबाइल क्षेत्र अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

प्रचण्ड–माधव बैठकपछि बागमती सरकारलाई राहत, ८ सांसद विश्वासको मत दिन सकारात्मक

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

US Plans Mass Visa Revocation Targeting Up To 200,000 Asylum Seekers

Madhesh Province Sees Surge in New Industry Registration Despite Closures

Global Ocean Temperatures Reach Record High Amid Intensifying El Niño

Pakistan Reports Progress in Talks Aimed at De-escalating US-Iran Conflict

Tunisia Searches for Missing After Migrant Boat Sinking Triggers Protests

३६ वर्षको अनुभव सुनाउँदै अञ्जन श्रेष्ठको चेतावनी : ‘अर्थतन्त्र यस्तो कठिन अवस्थामा कहिल्यै देखेको थिइनँ’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu