ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कमजोर हुन थाल्यो भारतमा कोरोना: २४ घण्टामा तीन लाख ६२ हजार ७ सय २७ नयाँ संक्रमित थपिए


एबीसी / संवाददाता
३१ बैशाख २०७८, शुक्रबार   ६ : ४०   बजे

काठमाडौं, ३१ बैशाख ।   त्यसो त कोरोनाको दोस्रो लहरले भारतमा हाहाकार मच्चाउने क्रम अझै जारी छ ।यसबाट महाराष्ट्र सबैभन्दा बढी प्रभावित भएको छ ।यद्यपि, अहिले सार्वजनिक भैरहेका नयाँ तथ्यांकमा महाराष्ट्रमा कोरोना भाइरसको दोस्रो लहरमा बिस्तारै गिरावट आएको पाइएको छ ।पछिल्लो पाँच दिनमा यो राज्यमा ५० हजारभन्दा कम नयाँ संक्रमित थपिएका छन् ।भारतमा कोरोनाका नयाँ संक्रमितहरुको संख्या पुन: बढेर साढे तीन लाखभन्दा बढी भएको छ ।पछिल्लो २४ घण्टामा भारतमा कोरानाका तीन लाख ६२ हजार ७ सय २७ नयाँ संक्रमित थपिएका छन् भने ४ हजार १ सय ३६ जनाको निधन भएको छ ।महाराष्ट्र, कर्नाटक, यूपी, दिल्लीसहित विभिन्न राज्यको अवस्था भयावह नै छ ।यद्यपि, पहिलाको तुलनामा दिल्ली, महाराष्ट्रसहित भारतभरी नै कोरोनाको दोस्रो लहर अहिले कम हुन थालको अनुभव गरिएको छ ।

यसैबीच, भारतमा खोपबारेमा पनि एउटा सुखद समाचार छ । भारतको स्वास्थ्य मन्त्रालयले के भनेको छ भने रुसको खोप स्पुतनिक आगामी सातादेखि बजारमा उपलब्ध हुनेछ ।साथै, चाँडै नै यसको भारतमा समेत उत्पादन थालिने छ ।यसैबीच, राजधानी नयाँ दिल्लीमा कोरोनाको संक्रमण दर कम भएर १४ दशमलव २४ प्रतिशत भएको छ, जुन पछिल्लो महिनाकै सबैभन्दा कम हो ।महाराष्ट्रबाट आएको कोरोनाको पछिल्लो तथ्यांकले पनि त्यहाँ दोस्रो लहरमा बिस्तारै गिरावट आएको पाइएको छ ।पछिल्ला पाँच दिनमा उक्त राज्यमा ५० हजारभन्दा कम नयाँ संक्रमित थपिएका छन् ।मुम्बईमा पनि कोरोनाका संक्रमितहरुको संख्या घटिरहेको पाइएको छ ।बिहिबार मुम्बईमा १९ सय ४६ जना संक्रमित थपिँदा २ हजार ३७ जना संक्रमणमुक्त भए ।दिल्ली, महाराष्ट्रसहित भारतका अन्य राज्यमा पनि दोस्रो लहर कमजोर हुन थालेको बताइन्छ ।उत्तर प्रदेशमा पनि स्थितिमा सुधार आएको बताइन्छ ।मुख्यमन्त्री योगीले हरेक दिन एक हजार मेट्रिक टन अक्सिजनको आपूर्ति गरिरहेका छन् भने यो प्रदेशमा ३ सय ७७ नयाँ अक्सिजन प्लान्ट लगाउन थालिएको छ ।यसैबीच, भारतमा कोरोना संक्रमणमुक्त हुने दर पनि बढेर ८३ दशमलव २६ पुगेको छ । एकातिर भारतमा कोरोनाबाट ठिक हुनेहरुको संख्या बढिरहेको छ भने अर्कोतिर विभिन्न ९ राज्यमा कोराना संक्रमितको संख्या घट्न थालेको बताइन्छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार ३ सय १६ वटा जिल्लामा कोरोना संक्रमित लगातार बढिरहे पनि १ सय ८७ वटा जिल्लामा भने पछिल्लो दुई साता यता संक्रमितहरु घटेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

सम्बन्धित

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group