ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वभर कोरोना संक्रमण कम हुँदै : मृत्यु हुनेको संख्या ३४ लाख नाघ्यो


एबीसी / संवाददाता
४ जेष्ठ २०७८, मंगलबार   ६ : ५५   बजे

काठमाडौं, ४ जेठ । विश्वमा केही दिनयता कोरोना भाइरसको सङ्क्रमण फैलावट  कम भएर गएको छ ।विश्वमा दैनिक सात लाखभन्दा बढी सङ्क्रमित थपिने गरेका थिए । पछिल्लो २४ घण्टामा भने पाँच लाख २० हजार पाँच सय ७१ जना नयाँ बिरामी थपिए ।
एकै दिन थपिएको यो सङ्ख्याले पनि सङ्क्रमण कम हुँदै गइरहेको देखाउँछ । कोरोना नियन्त्रणका लागि अपनाइएका विभिन्न उपाय प्रभावकारी हुँदा महामारीका रुपमा फैलिएको सङ्क्रमण नियन्त्रणमा सफलता प्राप्त हुँदै गइरहेको हो ।विश्वमा मङ्गलबार बिहानसम्ममा कोरोना सङ्क्रमितको सङ्ख्या १६ करोड ४२ लाख ५० हजार पाँच सय ५९ पुगेको छ । सङ्क्रमितमध्ये १४ करोड ४१ लाख ६२ हजार एक सय ४२ जना उपचारपछि निको भएका छन् ।

एक करोड ६६ लाख ८४ हजार आठ सय सङ्क्रमितको उपचार भइरहेको छ । उपचाररतमध्ये एक लाख एक हजार सात सय ९७ जनाको अवस्था चिन्ताजनक छ ।विश्वमा दैनिक मृत्यु हुने सङ्क्रमितको सङ्ख्या भने कम हुन सकिरहेको छैन । हालसम्म मृत्यु हुने सङ्क्रमितको सङ्ख्या ३४ लाख नाघेको छ ।पछिल्लो २४ घण्टामा १० हजार दुई सय २१ जनाको मृत्यु भयो । हालसम्म कोरोनाका कारण विश्वभर मृत्यु हुने सङ्क्रमितको सङ्ख्या ३४ लाख तीन हजार छ सय १७ पुगेको छ ।कोरोनाका कारण सबैभन्दा बढी प्रभावित बनेको मुलुक अमेरिकामा पनि सङ्क्रमण नियन्त्रण हुँदै गइरहेको छ । पछिल्लो २४ घण्टामा २१ हजार चार सय ८१ जना नयाँ बिरामी थपिए ।सङ्क्रमित सङ्ख्या तीन करोड ३७ लाख ४३ हजार पाँच सय ६० पुगेको छ । सङ्क्रमितमध्ये दुई करोड ७१ लाख ९३ हजार छ सय ५० जना उपचारपछि कोरोनामुक्त बनेका छन् ।५९ लाख ४९ हजार चार सय आठ जनाको उपचार जारी छ । उपचाररतमध्ये सात हजार आठ सय ४९ जनाको अवस्था गम्भीर छ ।

एकै दिन तीन सय ३७ सङ्क्रमितको अमेरिकामा मृत्यु भयो । हालसम्म कोरोनाका कारण छ लाख पाँच सय दुई जना अमेरिकी नागरिकको मृत्यु भइसकेको छ ।छिमेकी मुलुक भारतमा पछिल्लो २४ घण्टामा दुई लाख ६३ हजार ४५ जना नयाँ बिरामी थपिए । यो सङ्ख्या विश्वका अन्य मुलुकमा एकै दिन थपिएका सङ्क्रमितको भन्दा अत्याधिक धेरै हो ।भारतमा सङ्क्रमित सङ्ख्या दुई करोड ५२ लाख २७ हजार नौ सय ७० पुगेको छ । दुई करोड १५ लाख ९० हजार तीन जना उपचारपछि निको भएका छन् ।३३ लाख ५९ हजार दुई सय १६ जनाको उपचार भइरहेको छ । कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै दोस्रो नम्बरमा रहेको मुलुक भारतमा उपचाररत सङ्क्रमितमध्ये आठ हजार नौ सय ४४ जनाको अवस्था चिन्ताजनक छ ।एकै दिन भारतमा चार हजार तीन सय ४० जना सङ्क्रमितको मृत्यु भयो । यो सङ्ख्या २४ घण्टाभित्र विश्वका अन्य मुलुकमा मृत्यु भएका सङ्क्रमितको भन्दा धेरै हो । भारतमा हालसम्म कोरोनाका कारण दुई लाख ७८ हजार सात सय ५१ जनाको मृत्यु भइसकेको छ ।

ब्राजिलमा एकै दिन ३३ हजार छ सय ३१ जना नयाँ बिरामी थपिए । सङ्क्रमित सङ्ख्या एक करोड ५६ लाख ६१ हजार एक सय छ पुगेको छ ।एक करोड ४१ लाख ५२ हजार चार सय ३३ जना उपचारपछि निको भएका छन् । १० लाख ७१ हजार आठ सय ११ जनाको उपचार भइरहेको छ ।उपचार गराइरहेकामध्ये आठ हजार तीन सय १८ जनाको अवस्था गम्भीर छ । पछिल्लो २४ घण्टामा एक हजार ३९ सङ्क्रमितको ब्राजिलमा मृत्यु भयो ।हालसम्म कोरोनाका कारण चार लाख ३६ हजार आठ सय ६२ जनाको मृत्यु भइसकेको छ । ब्राजिल कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै तेस्रो नम्बरमा रहेको मुलुक हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

ओलीले राखेको शिलान्यास शिलालेख खोजीमा आयोजना कार्यालय

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu