काठमाडौं २० पुस । जाम्बियाका सेना प्रमुख लेफ्टिनेन्ट जनरल पल मिहोवा साताव्यापी औपचारिक भ्रमणका लागि नेपाल आएका छन्।
बुधबार काठमाडौं आएका सेना प्रमुख मिहोवालाई नेपाली सेनाका सैनिक इन्टेलिजेन्स महानिर्देशक उपरथी जगदीशचन्द्र पोखरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए।
सेना प्रमुख मिहोवाले बिहीबार प्रधानसेनापति महारथी श्री राजेन्द्र क्षत्रीसँग जंगी अड्डामा भेटवार्ता गरेका छन्। भेटवार्तामा द्विपक्षीय हितका विषयमा छलफल भएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्