ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेप्से परिसूचक दाहोरो अङ्कले ओरालो, एक अर्ब ८० करोडको कारोबार


एबीसी / संवाददाता
२३ असार २०७९, बिहिबार   ४ : ५०   बजे

काठमाण्डौ, २३ असार । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १६.६० अङ्कले ओरालो लागेर दुई हजार २७.३२ मा ओर्लेको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ३।४२ अङ्कले ओरालो लागेर ३८५.४९ मा ओर्लेको छ । कूल २२९ कम्पनीका ४७ लाख ११ हजार २५ कित्ता शेयर रु एक अर्ब ८० करोड ६२ लाख चार हजार ७६५ मूल्यमा खरिद बिक्री भए ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये बिहीबार सामूहिक लगानी कोषको कारोबारमात्रै उकालो यात्रामा छ भने बाँकी रहेका १२ उपसमूहको शेयर मूल्य ओरोलो लागेको छ । बैंकिङ ८.५७, व्यापार २३.४७, होटल तथा पर्यटन ३१.२४, विकास बैंक ४६.२१, जलविद्युत् १५.९३, वित्त ७.७९, निर्जीवन बीमा ३३.६७, उत्पादन ४३.२, अन्य २२, लघुवित्त ३७.३६, जीवन बीमा ११५.१७ र लगानी ०.५३ अङ्कले ओरालो लागेको छ । त्यस्तै सामूहिक लगानी कोषको शेयर मूल्यमा ०.०९ अङ्कले उकालो लाग्यो ।

बिहीबारको कारोबारपछि बजार पूँजीकरण रु २८ खर्ब ९१ अर्ब ४७ करोड ६९ लाख ५५ हजार ३५ बराबर रहेको छ । कारोबारका आधारमा लाइफ इन्स्योरेन्स कर्पोरेशन शीर्षस्थानमा छ । सो कम्पनीको रु सात करोड ६५ लाख ८९ हजार ९८२ बराबरको कारोबार भएको छ ।

त्यस्तै अरुण काबेली पावर रु छ करोड ३० लाख छ हजार ३३४, शिवम् सिमेन्ट रु छ करोड २५ लाख ३२ हजार ९१८, हिमालयन डिस्टिलरी रु पाँच करोड ९० लाख आठ हजार २६४ र माथिल्लो तामाकोसी रु पाँच करोड ८२ लाख ३९ हजार ६३२ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार आरबिबी म्युचुअल फण्ड एक ३.९३, माउण्टेन हाइड्रो नेपाल ३.२४, सिटिजन म्युचुअल फण्ड दोस्रो ३.०३, नारायणी डेभलपमेन्ट बैंक २.६७ र बैंक अफ काठमाण्डूको ऋणपत्रका लगानीकर्ताले २.५९ प्रतिशतले कमाए । यस्तै समिट लघुवित्त ५.२०, लिवर्टी इनर्जी ५ प्रतिशत, नयाँ सारथी लघुवित्त ३.९७, गुराँस लघुवित्त ३.८४ र युनाइटेड इन्स्योरेन्सका लगानीकर्ताले ३।६४ प्रतिशतले गुमाए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group