ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट


एबीसी न्यूज
९ असार २०८३, मंगलबार   ८ : ३७   बजे

काठमाडौं, ९ असार । काठमाडौं उपत्यकासहित देशका ११ जिल्लामा बर्डफ्लुको संक्रमण फैलिएको छ। पशु सेवा विभागका अनुसार पछिल्लो तीन महिनामा ८२ स्थानमा बर्डफ्लु पुष्टि भएको छ।

विभागका अनुसार २०८२ साल चैत ४ गते मोरङबाट सुरु भएको संक्रमण हाल झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासी, काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोकसम्म फैलिएको हो।

संक्रमण नियन्त्रण तथा रोकथामका क्रममा हालसम्म ५ लाख ६९ हजार ८५८ पन्छी नष्ट गरिएको विभागले जनाएको छ। त्यस्तै ९ लाख ८९ हजार ३१३ अण्डा र १ लाख ९५ हजार ४८५ केजी दाना सुरक्षित रूपमा व्यवस्थापन गरिएको छ।

पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार कोसी प्रदेशका झापा, मोरङ र सुनसरीसहित बारा, महोत्तरी, चितवन र नवलपरासीमा संक्रमण नियन्त्रणमा आइसकेको छ। संक्रमण रोकथामका लागि लगाइएको एक महिने पन्छी ओसारपसार प्रतिबन्ध पनि केही क्षेत्रमा खुकुलो बनाइएको छ।

तर काठमाडौं उपत्यका, ललितपुर, भक्तपुर र काभ्रेपलाञ्चोकका केही क्षेत्रमा भने संक्रमण अझै बढ्दो क्रममा रहेको विभागले जनाएको छ। भाइरसको स्वरूप परिवर्तन भएको छ वा छैन भन्नेबारे अध्ययनका लागि ‘सिक्वेन्सिङ’ प्रक्रिया राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँगको समन्वयमा अघि बढाइएको छ।

विभागले बर्डफ्लु नियन्त्रणका लागि उपमहानिर्देशकको नेतृत्वमा रोग नियन्त्रण कक्ष स्थापना गरी संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गर्दै कार्य भइरहेको जनाएको छ। प्रभावित क्षेत्रमा आकस्मिक रोग अन्वेषण टोली र द्रूत कार्यदल परिचालन गरी संक्रमित पन्छी तथा सामग्री नष्ट गर्ने काम भइरहेको छ।

परीक्षणका क्रममा बर्डफ्लुसँगै लो प्याथोजेनिक एभियन इन्फ्लुएन्जा, रानिखेत र इकोलाईजस्ता रोगसमेत देखिएको विभागले जनाएको छ। यसले पन्छीपालक किसानलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

विभागले जैविक सुरक्षा कडाइका साथ पालना गर्न, पुराना अण्डाका क्रेट पुनः प्रयोग नगर्न, जंगली र घरपालुवा पन्छीबीच सम्पर्क रोक्न तथा दाना–पानीमा विशेष सावधानी अपनाउन आग्रह गरेको छ।

त्यस्तै, पन्छी तथा पन्छीजन्य सामग्री ओसारपसार गर्दा अनिवार्य भेटेरिनरी प्रमाणपत्र लिनुपर्ने व्यवस्था गरिएको छ। कुनै फार्ममा अस्वाभाविक रूपमा पन्छी बिरामी देखिए वा ठूलो संख्यामा मरे तत्काल नजिकको पशु सेवा कार्यालयलाई जानकारी गराउन विभागले अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group