काठमाडौँ, २१ फागुन । नेपाल राष्ट्र बैंकले १५ अर्ब चार करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्दै छ । आन्तरिक ऋण उठाउन राष्ट्र बैंकले २८ दिन अवधिका लागि दुई अर्ब रुपियाँ बराबरको ट्रेजरी बिल जारी गर्दै छ ।
राष्ट्र बैंकका अनुसार ९१ दिन अवधिका लागि छ अर्ब चार करोड ५० रुपैयाँ बराबरको र १८२ दिन अवधिको ७ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो ।
यसमध्ये ९१ दिन अवधिको पाँच अर्ब र १८२ दिन अवधिको सात अर्ब नयाँ रहेको छ ।
जारी ट्रेजरी बिल २८ दिनको चैत २१ गते, ९० दिनको जेठ २३ गते र १८२ दिनको भदौ १९ गते परिपक्व हुने छ । आज जारी हुने ट्रेजरी बिल आइतबार दिउँसो ३ बजेदेखि अनलाइन माध्यमबाट बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्