ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

१३५ मेगावाट मनाङ–मर्स्याङ्दी जलविद्युत् आयोजनाको निर्माणकार्य तीव्र


एबीसी / संवाददाता
३ चैत्र २०७९, शुक्रबार   ८ : ४४   बजे

लमजुङ,  ३ चैत । हिमाली जिल्ला मनाङअन्तर्गत मर्स्याङ्दी नदीमा १३५ मेगावाटको मनाङ–मर्स्याङ्दी जलविद्युत आयोजनाको निर्माण कार्यधमाधम भइरहेकोे छ ।

कोरोना संक्रमणका कारण निर्माण हुन नसकेको सो जलविद्युत् आयोजनाको निर्माण कार्य पुस अन्तिम साताबाट सुरु भएको हो ।

मनाङ–मर्स्याङ्दी जलविद्युत आयोजना निर्माणका लागि केही वर्ष पहिले नै तयारी भए पनि विश्वव्यापी कोरोना संक्रमण जोखिमका कारण निर्माण कार्य सुरु हुन सकेको थिएन ।

आगामी चार वर्षमा निर्माण सम्पन्न गर्नेगरी एक नेपाली र तीन चिनियाँ कम्पनीले साझेदारीमा सो जलविद्युत आयोजना निर्माण गर्न लागेका हुन् । आयोजना निर्माणका लागि बुटवल पावर कम्पनीसहित एससिआइजी इन्टरनेसनल, छिङचेङ इन्टरनेसनल र चिनियाँ लगानीकर्ता क्युवाइसी इन्टरनेसनलले निर्माण गर्ने भएका हुन् ।

आयोजनामा नेपाली साझेदार बिपिसीको २० प्रतिशत र तीन चिनियाँ कम्पनीको संयुक्त रूपमा ८० प्रतिशत लगानी रहेको छ । कुल लागत ३३ अर्ब ३८ करोडमध्ये २० प्रतिशत स्वपुँजी र ८० प्रतिशत ऋण लगानी रहने आयोजनाले जनाएको छ ।

रन अफ द रिभर प्रकृतिमा बन्न लागेको सो आयोजनाबाट वार्षिक ७६६.५९३ गिगावाट विद्युत शक्ति उत्पादन हुने जनाइएको छ । आयोजनाबाट वार्षिक ७५ करोड नौ लाख ४८ हजार ८७५ युनिट विद्युत उत्पादन हुने प्रारम्भिक अध्ययनले देखाएको छ । सम्भाव्यता अध्ययनअनुसार यो आयोजनाको ग्रस हेड ४३०.२० मिटर र हेडरेस टनेल ६.०७५ किमि रहेको छ । आयोजना निर्माणका लागि सम्बन्धित कम्पनी र नेपाल सरकारबीच ३ पुसमा सम्झौता भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

अतिधनीहरूको उदय : २,४०० वर्षअघि प्लेटोले देखेको खतरा

ईभी गाडी प्रकरण: रसुवा भन्सारका तत्कालीन प्रमुखसहित १३ कर्मचारी निलम्बनमा, गाडी

रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग हटेपछि प्रधानमन्त्री बन्ने सम्भावनासमेत बलियो

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group