काठमाडौँ, ११ चैत । एनआइसी एसिया बैंकको कार्डसम्बन्धी सम्पुर्ण कारोबार दुई दिन अवरुद्ध हुने भएको छ ।
बैंकले जारी गरेको विज्ञप्ति अनुसार शुक्रबार रातिदेखि आइतबार राति १२ बजेसम्म बैंकको कार्डसम्बन्धी सम्पूर्ण कारोबार बन्द हुने जनाएको हो ।
‘यस बैंकको कार्ड सेवा (डेबिट, क्रेडिट प्रिपेड)को स्विच अपग्रेसन र माइग्रेसन गर्न पर्ने भएकोले शुक्रबार राति १२ बजेदेखि आइतबार राति १२ बजेसम्म कार्डबाट हुने सम्पूर्ण कारोबार तथा एटिएम र पिओएस मेसिनबाट हुने कारोबार अवरुद्ध हुने छ,’ बैंकद्वारा जारी गरिएको सूचनामा भनिएको छ ।
प्रतिक्रिया दिनुहोस्