ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?


एबीसी न्यूज
९ असार २०८३, मंगलबार   ८ : २४   बजे

काठमाडौं, ९ असार । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेललाई रुपन्देहीका व्यवसायी कमलकिशोर मालपानी र चुन्नप्रसाद शर्माको बयानका आधारमा सम्पत्ति शुद्धीकरण लगाएर पक्राउ गरिएको खुलेको छ ।
म्याद थपका लागि विशेष अदालतमा सरकारी पक्षबाट पेश गरिएको दाबीमा यो उल्लेख भएपछि पौडेल पक्षका कानून व्यवसायीले प्रतिवाद गरेका छन् ।

बयान दिनेमध्ये चुन्नु गत निर्वाचनमा विष्णु पौडेलसँगै रुपन्देही क्षेत्र नम्बर २ मा कांग्रेसबाट उम्मेदवार भई प्रतिस्पर्धामा थिए भने मालपानीको ८ करोडको गाडी प्रधानमन्त्री बालेन्द्र शाहले चुनावी प्रचारका सिलसिलामा प्रयोग गरेका थिए ।

उनीहरुले श्रीराम टोबाकोको शेयर सस्तो मुल्यमा दिपक भट्टलाई विक्री गर्न बिष्णु पौडेलले सहजीकरण गरेको बयान दिएका बताइएको छ ।

उपन्यायाधीवक्ता भीमसेन काफ्लेले विशेष अदालतको इजलासमा गराएको जानकारी अनुसार, श्रीराम टोबाको प्रालिको २० प्रतिशत शेयर हिमालयन एसेष्ट म्यानेजमेन्ट प्रालिले किनेको विषयमा अनुसन्धानको सिलसिलामा पौडेल पक्राउ परेका हुन् ।

हिमालयनमा इन्फिनिटी होल्डिङ्सको शत प्रतिशत शेयर लगानी रहेको विशेष अदालतमा पेश भएको विवरणपत्रमा उल्लेख छ ।

दिपक भट्टविरुद्ध सम्पत्ति शुद्धिकरणको आरोपमा मुद्दा दायर गर्दा सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले हिमालय एजेष्ट म्यानेजमेन्ट प्रालिको बारेमा उल्लेख गरेको थियो ।

वरिष्ठ अधिवक्ता केदार कोइराला, रमेश बडाल, शान्तिराम खतिवडालगायतले इजलासमा बहस गर्दै बयान दिने व्यक्तिहरूलाई पक्राउ नगरी उनीहरुले नाम लिएकै आधारमा पौडेललाई जरुरी पक्राउ पुर्जी दिएर पक्राउ गर्नुले सरकारले राजनीतिक प्रतिशोध देखाएको जिकिर गरेका थिए ।

उनीहरूले मालपानीको गाडी चढ्ने व्यक्तिमाथि अनुसन्धान गर्न समेत माग गरे ।

मालपानी र चुन्नु शर्मा पौडेल व्यवसायिक साझेदार हुन् । उनीहरु खैनी, गुट्खालगायत उत्पादन गर्ने उद्यमी तथा करेन्ट चाउचाउका मालिक समेत हुन् । उनीहरूलाई सरकारी साक्षी बनाएर विष्णु पौडेलमाथि मुद्दा चलाउन सरकारले प्रयास गरेको पाइएको छ ।

पौडेल पक्षका वकिलहरूले विष्णु पौडेलले शेयर बिक्रीमा सहजीकरण गरेको आधार प्रमाण खुलाउन सरकारले नसकेको भन्दै पौडेललाई फसाउने राजनीतिक नियतमात्र देखिएको जिकिर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group