काठमाडौं, १३ चैत । एनएमबि बैंकले १०.७५ प्रतिशत ब्याजदरको ऋणपत्र जारी गर्ने भएको छ ।
बैंकका अनुसार चैत २१ देखि २४ गतेसम्म ऋणपत्र जारी गर्न लागिएको हो । बैंकले कुल चार अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न लागेको हो ।
१००० रुपैयाँ अंकित दरका ऋणपत्र कम्तिमा २५ र बढीमा १६ लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ भने १० वर्ष अवधिको ऋणपत्रमध्ये ६० प्रतिशत प्राइभेट प्लेसमेन्टबाट बिक्री गरिने छ ।
बाँकी ४० प्रतिशत आमसर्वसाधारणलाई बिक्री खुला गरिने छ । यसभित्र सामूहिक लगानी कोषलाई पनि आरक्षित छ ।
प्रतिक्रिया दिनुहोस्