ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकी डलर आज स्थिर, युरोको भाउ भने घट्यो


एबीसी / संवाददाता
२० चैत्र २०७९, सोमबार   ९ : ५६   बजे

काठमाडौँ, २० चैत । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

आइतबार २८ रुपैयाँले घटेको अमेरिकी डलर आज स्थिर रहेको छ । सोमबार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ १७ पैसा र बिक्रीदर १३१ रुपैयाँ ७७ पैसा कायम गरिएको छ । यसअघि आइतबार पनि सोहि मूलयमा उक्त डलरको खरिदबिक्री भएको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार सोमबार युरोपियन युरोमा ओरालो लागेको छ । युरोपियन युरो एकको खरिददर १४२ रुपैयाँ २० पैसा र बिक्रीदर १४२ रुपैयाँ ८५ पैसा कायम गरिएको छ। यो मूल्य अघिल्लो कारोबारको तुलनामा ५७ पैसाले घटेको हो । आइतबार युरो एकको खरिदमूल्य १४२ रुपैयाँ ७७ पैसा र बिक्रीमूल्य १४३ रुपैयाँ ४२ पैसा कायम गरिएको थियो।

सोमबार बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६१ रुपैयाँ ८० पैसा र बिक्रीदर १६२ रुपैयाँ ५४ पैसा तोकिएको छ। यो मूल्य आइतबारको तुलनामा ४२ पैसाले घटेको हो । शुक्रबार यसको खरिदमूल्य १६२ रुपैयाँ २२ पैसा र बिक्रीमूल्य १६२ रुपैयाँ ९६ पैसा कायम गरिएको थियो ।

त्यसैगरी, सोमबार अष्ट्रेलियन डलर एकको खरिदमा ८७ रुपैयाँ ७० पैसा र बिक्रीमा ८८ रुपैयाँ १० पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ५ पैसा र बिक्रीमा ९७ रुपैयाँ ४९ पैसा कायम भएको छ ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ८१ पैसा र बिक्रीमा ३५ रुपैयाँ ९७ पैसा, साउदी अरेबियन, युएई दिराम रियाल र मलेसियन रिंगेटको कारोबार स्थिर रहेको छ । आज साउदी अरेबियन एकको खरिददर ३४ रुपैयाँ ९४ पैसा र बिक्रीदर ३५ रुपैयाँ १० पैसा, युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ७२ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८८ पैसा र मलेसियन रिंगिट एकको खरिददर २९ रुपैयाँ ७३ पैसा र बिक्रीदर २९ रुपैयाँ ८६ पैसामा पाइनेछ ।

उता, कुवेती दिनार एकको खरिदमा ४२७ रुपैयाँ ८९ पैसा र बिक्रीमा ४२९ रुपैयाँ ८५ पैसा पाइन्छ भने सोमबार बहराइन दिनार एकको खरिददर ३४७ रुपैयाँ ९० पैसा र बिक्रीदर ३४९ रुपैयाँ ४९ पैसा तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

अतिधनीहरूको उदय : २,४०० वर्षअघि प्लेटोले देखेको खतरा

ईभी गाडी प्रकरण: रसुवा भन्सारका तत्कालीन प्रमुखसहित १३ कर्मचारी निलम्बनमा, गाडी

रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग हटेपछि प्रधानमन्त्री बन्ने सम्भावनासमेत बलियो

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group