काठमाडौं ६ फागुन । नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पार्टी एकता घोषणा गर्ने सहमति भएको छ । आज विहान भक्तपुरको एक निजी घरमा भएको दुई शिर्ष नेताको छलफलले सैद्धान्तिक रुपमा असहमत विषय महाधिवेशनबाट टुंगो लगाउनेगरी सहमति भएको प्रचण्ड निकट सहयोगीले बताए ।
अब पार्टी एकता घोषणा गर्न कुनै कुराले छेक्ने अवरोध नरहेको प्रचण्डले बताए । दुई शिर्ष नेताबीचको छलफल लगत्तै दुवै सिंहदरबास्थित एमाले संसदीय दलको कार्यालयमा पुगेर सम्बृद्धि सम्बन्धी कार्यदलको रिपोर्ट बुझ्न पुगेका छन् ।
भोलि पार्टी एकता संयोजन समितिको बैठक बसी पार्टी एकता घोषणा गर्ने तयारी रहेको छ ।
प्रतिक्रिया दिनुहोस्