काठमाडौं २८ फागुनः एआई लगानी र क्रिप्टोकरेन्सी व्यापारसँग जोडिएको एउटा दम्पतीले गोप्य रुपले राष्ट्रपति जो बाइडेनलाई चन्दा सहयकोग गरिरहेको खुलासा भएको छ । अमेरिकाको मुख्य डार्क–मनी समूहका सबैभन्दा ठूला समर्थकहरूको रूपमा रहेको क्रिप्टोकरेन्सी र एआई फर्म हो । बाइडेनलाई समर्थन गर्ने प्राथमिक सुपर पीएसी फ्यूचर फर्वार्डको गैर–लाभकारी शाखालाई २०२२ मा दोस्रो सबैभन्दा ठूलो दान जेम्स म्याक्क्लेभ र एमिली बर्जरद्वारा सञ्चालित समूहबाट आएको हो। दम्पतीले म्यानहट्टनको व्यापारिक फर्म जेन स्ट्रिटमा काम गर्छन् र म्याकक्लेभ एआई कम्पनी एन्थ्रोपिकका प्रारम्भिक लगानीकर्ता थिए।
सीएनएनले समीक्षा गरेका कर रेकर्डहरू, देखाएको बीएमसी फोर एसोसिएसन – एक गैर नाफामूलक संसाथा हो यसका लगानीकर्ताहरु म्याकक्लेभ र बर्जरले सन् २०२२ मा फ्युचर फरवार्ड एक्सनलाई ७.२ मिलियन डलर दिएको थियो । त्यो जर्ज सोरोसको सोसाइटी पॉलिसी सेन्टर बाहेक अरू कुनै समूहभन्दा ठूलो हो, । यसले त्यो वर्ष १५.२ मिलियन डलर बाइडेलाई दिएको थियो।
जबकि फ्युचर फरवार्ड एक्सन युएसएले आफ्ना दाताहरूको बारेमा सार्वजनिक गर्दैन । यसलाई दिने अन्य गैर–नाफामुलक संसस्थाहरुले गरेको योगदानबाट यो देखिन्छ । अमेरिकी टेलिभिजन नेटवर्क सीएनएनले ले ती मध्ये केहीलाई उजागर गर्न आइआरएस द्वारा जारी गरिएको कर फाइलिङ डेटाको विश्लेषण गरेर यो तथ्य पत्ता लगाएको जनाएको छ । जर्ज सोरोस समूह र बीएमसी बाहेक, २०२२ मा समूहका शीर्ष योगदानकर्ताहरूले अन्य वाम झुकाव गैर–नाफामूलक संस्थाहरू जस्तै संरक्षण मतदाताहरूको लीग र फ्युचर फरवार्ड एक्सन को कोषलदे प्रत्येकलाई २.५ मिलियन डलर दिएका थिए । होपवेल कोषले झण्डै १.५५ मिलियन डलर बाइडेनको लागि दिएको थियो ।
म्याक्लेभ र बर्गरहरु सार्वजनिक रुपमा देखिन वा चिनिने समूह होइन । तिनीहरूले गोप्य रुप्ले आफ्नो राजनीतिक खर्च बढाउँदै आएका छन् । यो जोडीले हालैका वर्षहरूमा संघीय र राज्य चुनावमा अन्य डेमोक्र्याटिक पार्टी समूहहरू र उम्मेद्वारहरूको पनि दशौं मिलियन डलर भन्दा बढी लगानी गरेको सार्वजनिक भएको छ । विस्कॉन्सिन सर्वोच्च अदालतका न्यायाधीश जेनेट प्रोटासिविज र म्यानहट्टन डीए एल्भिन जस्ता अधिकारीका लागि पनि यही डार्क मनी समूहले प्रायोजन गर्दै आएको छ ।
यो तथ्य सार्वजनिक भएसंगै राष्ट्रपति बाइडेनलाई आगामी चुनावमा थप कठिनाइ थपिने बताइएको छ।
प्रतिक्रिया दिनुहोस्