ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्वास्थ्य बीमा- निजी अस्पतालमा उपचार गराए २० प्रतिशत खर्च आफैं व्यहोर्नुपर्ने


एबीसी न्यूज
३० फाल्गुन २०८०, बुधबार   २ : १५   बजे

काठमाडौं ३० फागुन । स्वास्थ्य बीमा गरेका नागरिकले निजी तथा सामुदायिक अस्पतालमा उपचार गर्दा २० प्रतिशत रकम आफैंले तिर्नुपर्ने भएको छ ।

२४ फागुनमा बसेको स्वास्थ्य बीमा बोर्ड बैठकले निजी तथा सामुदायिक अस्पतालमा उपचार गराउने नागरिकले २० प्रतिशत सहभुक्तानी गर्नुपर्ने निर्णय गरेको हो ।

सुरुमा स्वास्थ्य बीमामा कुनै पनि शुल्क तिर्नु पर्दैनथ्यो । तर अनावश्यक परीक्षण गर्ने क्रम बढेको भन्दै बोर्डले १० प्रतिशत सहभुक्तानीको व्यवस्था १ माघदेखि लागू गरेको थियो ।

अहिले कार्यवधिलाई पुनः परिमार्जन गर्दै निजी र सामुदायिक अस्पतालको हकमा २० प्रतिशतको सहभुक्तानी गर्नुपर्ने निर्णय गरेको बोर्डका अध्यक्ष डा। गुणराज लोहनीले बताए ।

सरकारी अस्पतालमा भने सहभुक्तानी १० प्रतिशत नै कायम छ ।

निजी अस्पतालको दबावमा निर्णय

स्वास्थ्य बीमा बोर्डले पछिल्लो समय सरकारी अस्पतालले बीमा सेवा धान्न नसकेका अवस्थामा मात्रै वरपरका निजी अस्पताललाई समेट्ने रणनीति लिएको थियो । निजी अस्पताल तथा मेडिकल कलेजमा बेथित बढ्दै गएको गुनासो आएपछि बीमा कार्यक्रम नै बन्द गरेको थियो । यसले निजी अस्पतालमा विरामीको संख्या घट्यो ।

निजी अस्पतालहरुले २० प्रतिशत सहभुक्तानी व्यवस्था गरेर भएपनि स्वास्थ्य बीमा कार्यक्रममा समेट्न दबाव दिएका थिए । ‘बीमा कार्यक्रम बन्द अधिकांश अस्पतालमा बिरामी घटे । त्यसपछि उनीहरुले २० प्रतिशत नै सहभुक्तानी गर्ने लागू गरेर कार्यक्रममा समावेश हुन दबाब दिएका थिए,’ बोर्डका एक कर्मचारी भन्छन् ।

बीमा बोर्डका कार्यकारी निर्देशक डा। दामोदर बसौला भने सरकारी अस्पतालप्रति नागरिकको आकर्षण बढाउनका लागि पनि सहभुक्तानी फरक(फरक तोकिएको तर्क गर्छन् । ‘राज्यले सरकारी अस्पतालमा ठूलो लगानी गरेको छ । तर बिरामी सरकारीमा नगई निजीमा जान सक्छन् । त्यसकारण पनि सरकारी अस्पतालमा आकर्षण बढाउन जरूरी भएकाले निजीमा बढी सहभुक्तानीको व्यवस्था गरिएको हो,’ डा। बसौलाले भने ।

विज्ञहरुबाट पनि निजी अस्पतालमा बढी सहभुक्तानी व्यवस्था लागू गर्न सुझाव आएको उनको दाबी छ ।

कार्यान्वयन कहिलेदेखि रु

बोर्डले यो व्यवस्था कहिलेदेखि लागू हुने प्रष्ट भनेको छैन । ‘हाम्रो सफ्टवेरमा केही प्राविधिक कुरा पनि मिलाउनु पर्ने हुन्छ । त्यसलाई सम्पन्न गर्न करिक एक महिना लाग्छ । त्यसपछि नयाँ व्यवस्था कार्यावन्यनमा आउँछ,’ कार्यकारी निर्देशक डा। बसौलाले भने ।

कुनै आर्थिक कठिनाइ विना आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउने र सम्पूर्ण स्वास्थ्य सेवामा गुणस्तरको सुनिश्चितता कायम गर्ने उद्देश्यले सरकारले स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको थियो ।

स्वास्थ्य संस्थाहरुले सुविधा थैलीमा भएको व्यवस्था अनुसार सेवाग्राहीलाई खर्च र सुविधाको थैली बारेमा स्पष्ट बुझाई कुल खर्चको २० प्रतिशतले हुन आउने रकम सेवाग्राहीसँग लिनुपर्नेछ ।

बोर्डका प्राथमिक स्वास्थ्य केन्द्र र १५ शय्यासम्मका सरकारी अस्पतालमा पनि सहभुक्तानीको व्यवस्था लागु हुने छैन । संघीय अस्पताल, २५ शय्या माथिका प्रादेशिक अस्पताल, निजी वा सामुदायिक अस्पतालमा भने सहभुक्तानीको व्यवस्था लागू हुनेछ ।

गरिब, विपन्न वर्गलाई भन्ने को(पेमेन्टको नीति लागू हुँदैन । अति गरिब, ७० वर्ष भन्दा माथिका जेष्ठ नागरिक, अपांगताको रातो कार्ड पाएका व्यक्ति, एचआइभी एड्स संक्रमित, जटिल क्षयरोगी, कुष्ठरोगी र महिला स्वास्थ्य स्वयंसेविकाका लागि पनि को(पेमेन्ट लागू हुने छैन ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

ओलीले राखेको शिलान्यास शिलालेख खोजीमा आयोजना कार्यालय

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu