ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गठबन्धन भत्काउन देशीविदेशी शक्ति लागेको ओलीको आरोपमा घनश्यामको जबाफ ‘ओलीकै कारण खतरा’ !


एबीसी न्यूज
२१ बैशाख २०८१, शुक्रबार   ८ : ५९   बजे

 

 

काठमाडौं २१ बैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन भत्काउन देशी–विदेशी शक्ति लागीपरेको बताएका छन् । वर्तमान गठबन्धन भत्काउन प्रधानमन्त्रीको पद किस्तीमा राखेर प्रतिक्रियावादी तत्वहरु डसलिरहेको ओलीको आरोप थियो ।

 

पश्चिम नवलपरासीमा एमालेको नवौं जिल्ला अधिवेशन उद्घाटन समारोहलाई शुक्रबार सम्बोधन गर्दै ओलीले वर्तमान गठबन्धनले जनतालाई विकास र समृद्धिको बाटोतर्फ अगाडि बढाउएको देखेर बैरीहरु अत्तालिएको बताएका हुन् ।
उता नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले एमाले अध्यक्ष केपी शर्मा ओलीका कारण नै वर्तमान सत्ता गठबन्धन खतरामा रहेको जबाफ फर्काएका छन् ।

शुक्रबार भैरहवामा आयोजना भएको पार्टी प्रवेश तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव भूसालले ओलीको व्यवहारले गठबन्धनको भविष्य धेरै लामो नजान सक्ने बताएका हुन् ।

 

‘माओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष ओली दुवै कांग्रेस र पार्टीभित्रको द्वन्द्वले गर्दा नयाँ गठबन्धनमा बाध्यताले जोडिएका हुन्,’ भूसालले भने, ‘यो कति लामो समय जान्छ, त्यो ओलीजीको व्यवहारमा भरपर्छ ।’

सम्झौता उल्लङ्घन गर्ने, सहमति कार्यान्वयन नगर्ने ओलीको पुरानै बानी भएको भूसालले बताए । उनले सुदूरपश्चिम प्रदेशमा एकीकृत समाजवादीका मुख्यमन्त्रीलाई विश्वासको मत दिन एमालले आनाकानी गरेको संकेत गर्दै त्यसो भए गठबन्धन टुट्ने चेतावनी दिए । भूसालले भने, ‘गठबन्धनलाई चुँडिने गरी नतान्नुस अन्यथा क्षति हुनेछ ।’

 

भूसालले एकीकृत समाजवादीको महाधिवेशनपछि नेपालका कम्युनिस्ट पार्टीहरूभित्र सैद्धातिक र वैचारिक भुईँचालो जाने दाबी गरेका छन् । उनले महाविधेशनपछि नेपालका कम्युनिस्ट पार्टीहरूलाई ध्रुबिकृत गराउने समेत बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

सम्बन्धित

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

वाग्मती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना

अमेरिका–इरानबीच सौहार्द वार्ता भइरहेको ट्रम्पको दाबी

सुनसरीमा जारी कर्फ्यु आदेश हटाइयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu