ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आज बागमती प्रदेशमा सार्वजनिक बिदा


एबीसी न्यूज
२४ बैशाख २०८१, सोमबार   ७ : १६   बजे

बागमती प्रदेशमा आज सार्वजनिक बिदा
काठमाडौँ २४बैशाख  : बागमती प्रदेशमा आज (सोमबार) सार्वजनिक बिदा दिइएको छ।

नेपाली भाषाको अतिरिक्त तामाङ भाषा र नेपाल भाषालाई बागमती प्रदेशको प्रदेश सरकारी कामकाजको भाषाको रुपमा लागू भएको दिनको अवसरमा आज सार्वजनिक बिदा दिइएको बागमती प्रदेश सरकारले जनाएको छ।

आन्तरिक मामिला तथा कानून मन्त्रालय हेटौँडाले सबै सरकारी कार्यालयमा आज सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी गराएको छ।

प्रदेश सरकारका सचिवले पूर्ण बहादुर दर्जीले यसबारे जानकारी गराउँदै सूचना प्रकाशन गरिएको बताए।

तर बागमती प्रदेश सरकारले आज दिएकाे बिदा काठमाडौँ उपत्यकाका संघीय सरकारमातहतका कार्यालयमा भने नहुने भएको छ।

बागमती प्रदेश सरकारले बिदा घोषणा गर्दा अन्योल सिर्जना भएपछि कतिपय कार्यालयले सूचना नै निकालेर कार्यालय खुल्ने जानकारी गराएका छन्।

काठमाडौँ जिल्ला अदालतले सूचना नै जारी गरी सोमबार बिदा नरहेको स्पष्ट पारेको छ।

उसले यो सूचना जारी गर्दा नेपाल सरकार गृह मन्त्रालयबाट ०८० माघ २९ मा नेपाल राजपत्रमा प्रकाशित सूचनाको दफा १२ (क) लाई उद्धृत गर्दै बागमती प्रदेश सरकारले घोषणा गरेको बिदा अदालतको हकमा आकर्षित नहुने उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group