काठमाडौं २३ साउन । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले देश छाडे लगत्तै राष्ट्रपति मोहमद साहबुद्धिनले विपक्षी नेता खालिदा जियालाई रिहा गर्ने आदेश दिएका थिए । राष्ट्रपतिको आदेश लगत्तै ७८ वर्षीय पूर्व प्रधानमन्त्री जिया रिहा भएकी छन् ।
सेना प्रमुखले अन्तरिम सरकार बनाउने घोषणा गरे लगत्तै खालिदा जियाको रिहाई भएकाले उनकै नेतृत्वमा सर्वपक्षीय अन्तरिम सरकार बनाउने तयारी भइरहेको विभिन्न सञ्चार माध्यमले जनाएका छन्। यस अघि नोवेल पुरस्कार विजेता मोहमद युनुसको नेतृत्वमा अन्तरिम सरकार बनाउने आंकलन भएको थियो । देशबाट भागेकी प्रधानमन्त्री हसिनाले यी दुवै नेतालाई राजनीतिक पूर्वाग्रहकै कारण जेलमा पुर्याएकी थिइन् ।
बंगलादेशी राष्ट्रपतिबाट विपक्षी दलसहति विद्यार्थी प्रदर्शनमा पक्राउ परेका दुई हजार भन्दा बढीलाई पनि विना शर्त रिहा गर्ने आदेश दिएका छन् ।
प्रदर्शनकारीहरुले भने सन् २००४ मा इराकमा सद्धाम हुसेनको शालिक फोडेकै शैलीमा बुल्डोजर र क्रेनको प्रयोग गरेको ठूलो उत्सवको रुपमा बंगलादेशका पिता भनिने शेख मुजीबर रहमानका सवै प्रतिमा तोडेका छन् । ढाकामा मात्र मुजीबर रहमानका ११ वटा शालिक रहेकोमा सबै तोडिएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्