ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चितवनमा माइक्रोबस र ट्यांकर ठोक्किंदा १६ जना घाइते (नामावली)


एबीसी न्यूज
११ आश्विन २०८१, शुक्रबार   ११ : ३४   बजे

 

भरतपुर ११ भदौ । नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका–२९ पन्ध्रकिलो भन्ने ठाउँमा माइक्रो बस र दूध बोक्ने ट्यांकर ठोकिँदा घाइते भएकाहरुको पहिचान खुलेको छ।

गएराति मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको बा ३ ख १७५२ नम्बरको माइक्रो बस र बिपरित दिशातर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २६२२ नम्बरको दूध बोक्ने ट्याङ्कर आपसमा ठोकिँदा माइक्रो बसमा सवार १६ जना घाइते भएका थिए।

दुर्घटनामा घाइते भएका सबैको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी भेषराज रिजालले जानकारी दिए।

घाइते हुनेमा नवपलपुरको कावासोती नगरपालिकापा(१४ बस्ने वर्ष ६८ की कमला श्रेष्ठ, (अवस्था मध्यम), नवलपुरको गैंडाकोट(५ बस्ने वर्ष ३५ की रेजिना पराजुली (मध्यम), सोही स्थानकी वर्ष २३ की अरुणिमा पौडेल(मध्य), माइक्रो चालक नवलपुर कावासोती–१३ बस्ने वर्ष ३८ को चिन्ताबहादुर महत्तोको (अबस्था मध्यम) छन्।

यस्तै, नवलपुरकै कावासोती ७ बस्ने वर्ष ३२ का सन्तोष महत्तो (मध्यम), नवलपुर कावासोती १ बस्ने वर्ष २१ को निर्जन लुङ्गेली (मध्यम), नवलपुर कावासोती २ बस्ने वर्ष ३४ की निरमाया आले (सामान्य), नवलपुर कावासोती २ बस्ने वर्ष ६ को ईहान आले (मध्यम), नवलपुर कावासोती ७ बस्ने वर्ष ३८ को रामचन्द्र भुषाल (मध्यम), नवलपुर कावासोती ९ बस्ने वर्ष ३० को कृष्ण प्रसाद भुषाल (सामान्य), नवलपुर कावासोती १५ बस्ने वर्ष २३ को सुनिल गैरे (मध्यम) र बाग्लुङ जयमिनि गाउँपालिका ९ बस्ने वर्ष ३७ को फनिन्द्र थापा (मध्यम) रहेका छन्। उनीहरुको चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भैरहेको छ।

घाइते बाँकी ४ जनाको पनि चितवनकै पुरानो मेडिकल कलेजमा उपचार भैरहेको डीएसपी रिजालले जानकारी दिए।

उनका अनुसार उक्त अस्पतालमा उपचारत रहनेमा नवलपुर कावासोती नगरपालिका– १३ बस्ने वर्ष २४ की सृष्टी भुसाल ९मध्यम०, कावासोती १३ कै ५२ वर्षका रामजी भुसाल (मध्यम), सोही स्थानका वर्ष २० की सोनिका भुसाल (मध्यम) र कावासोती(२ बस्ने वर्ष ४० को साहिल श्रेष्ठ (टाउको र दुबै खुट्टामा चोट मध्यम) रहेको डीएसपी रिजालले जानकारी दिए।

प्रहरीका अनुसार ट्याङकर चालक मकवानपुर राक्सिराङ गाउँपालिका–१ बस्ने २९ वर्षीय पेमा लामालाई इलाका प्रहरी कार्यालय मुग्लिनले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

ओलीले राखेको शिलान्यास शिलालेख खोजीमा आयोजना कार्यालय

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu