काठमाडौं १२ असोज । अत्याधिक वर्षाका कारण पहिरो जाँदा र सडक भासिँदा नारायणगढ–मुग्लिन सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ ।
नौकिलो भन्ने स्थानमा सडक जमिनबाट २ फिट तल भासिएको छ । थप भासिने क्रममा रहेकाले सो स्थानमा ठूला सवारी साधन तत्काल सञ्चालन गर्न नमिल्ने भएको छ । साना तथा हलुका सवारी मात्रै चलाउने सकिने सडक डिभिजन कार्यालय चितवनले जनाएको छ ।
तर सोही स्थानमा जुगेडीबाट मुग्लिन तर्फ आउँदै गरेको प्र–३–०१–०२४ च ३०५६ नम्बरको बलेरो जिप पल्टिएकाले त्यसलाई उठाउने प्रयास भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार चितवनको इच्छाकामना गाउँपालिका ४ घोप्टेभिरमा पहिरो आएर अवरुद्ध भएको सडक २ वटा स्काभेटर लगाएर पन्छाउने काम भइरहेको छ ।
यस्तै ईच्छाकमना गाउँपालिका ३ को मौवाखोला, दतिखोला, पानीधारामा पनि सडक माथिबाट पहिरो आई बाटो पूर्णरुपमा अवरुद्ध छ ।
तीन नम्बर पुल नजिकै खसेको पहिरो हटाउन थालिएको छ । पहिरो हटाउन अझै ३र४ घण्टा लाग्ने जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी भेषराज रिजालले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्