ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौँसहित यी १२ जिल्लामा उच्च सतर्कता अपनाउन मौसम विभागको अनुरोध


एबीसी न्यूज
१७ आश्विन २०८१, बिहिबार   ११ : ४४   बजे

 

 

काठमाडाौं १७ असोज । काठमाडौँसहित देशका २४ जिल्लाका खोला–नदीमा बाढी आउने र त्यसले क्षति पुर्‍याउन सक्ने सम्भावना रहेकाले प्रभावित क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।

बाढी महाशाखाले आज बिहान सूचना जारी गरी काठमाडौँसहित १२ जिल्लामा बाढीको मध्यम जोखिम रहेको र उच्च सतर्कता अपनाउन सुझाव दिएको हो।

 

महाशाखाले भनेको छ –आज पाँचथर, तेह्रथुम, इलाम, झापा, मोरङ, सुनसरी, दोलखा, सिन्धुपाल्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक र आसपासका जिल्ला भई बहने केही नदीको बहाव उल्लेख्य बढ्ने र केहीमा आकस्मिक बाढीको मध्यम जोखिमको पूर्वानुमान रहेकाले उच्च सतर्कता अपनाइराखौँ।

यस्तै आज उदयपुरसहित पूर्वका १२ जिल्लाका खोला(नदीमा पनि बाढी आउने र प्रभावित क्षेत्रमा क्षति पुर्‍याउन सक्ने जोखिम रहेकाले सतर्कता अपनाउन भनिएको छ।

बाढी महाशाखाले भनेको छ(  साथै उदयपुर, रामेछाप, सिन्धुली, मकवनपुर, सप्तरी, सिराहा, धनुषा, गोरखा, नुवाकोट, धादिङ, कास्की, लमजुङ र आसपासका जिल्ला भई बहने केही ससाना नदीहरूको बहाव बढ्ने पूर्वानुमान रहेकाले नदीतटीय क्षेत्रका क्रियाकलापमा सतर्कता अपनाइराखौँ।

महाशाखाका अनुसार आगामी ३ दिन कर्णाली, महाकाली र यसका सहायक नदी साथै पश्चिम राप्ती र बबई नदीको जलसतह सतर्कता तह तलै रहने र सामान्य घटबढ हुने पूर्वानुमान रहेकाले नदीतटीय क्षेत्रका क्रियाकलापमा सामान्य सतर्कता अपनाउन आवश्यक छ।

यसैगरी कोसी, नारायणी, कमला, बागमती, पूर्वी राप्ती र यसका सहायक नदीहरूमा आज र भोलि जलसतह उल्लेख्य बढ्ने पूर्वानुमान रहेकाले नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

हेर्नुहोस् बाढी महाशाखाले जारी गरेको सूचना–

  • सिन्धुपाल्चोकसहित ४ जिल्लामा भारी वर्षा, मौसम महाशाखाले जारी गर्‍यो २४ घण्टे ‘अलर्ट’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group