ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतले भयंकर गल्ती गर्‍यो – क्यानडाका प्रधानमन्त्री


एबीसी न्यूज
१ कार्तिक २०८१, बिहिबार   २ : ४४   बजे

काठमाडौं १ कात्तिक । क्यानडेली प्रधानमन्त्री जस्टिन ट्रुडोले भारतले ‘भयंकर गल्ती’ गरेको आरोप लगाएका छन्। गत वर्ष क्यानडामा मारिएका सिख पृथकतावादी नेताको हत्यामा दिल्लीको हात भए त्यसलाई बेवास्ता गर्न नसकिने उनको भनाइ छ।

दुई दिनअघि मात्र क्यानडामा हत्या, असुली र अरु अपराधमा भारत संलग्न रहेको आरोप क्यानडेली अधिकारीहरूले लगाएका थिए।

लगत्तै सोमबार दुवै मुलुकले एकअर्काका कूटनीतिज्ञलाई देशनिकाला गरेका थिए। जसले पहिले नै तनावपूर्ण सम्बन्धमा अझ तिक्तता थपेको थियो।

भारतले भने क्यानडाले लगाएका आरोपहरूको कुनै पनि प्रमाण अहिलेसम्म आफूहरूलाई नदिएको बताएको छ। विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले यस्तो व्यवहारले द्विपक्षीय सम्बन्धमा पार्ने असरको सम्पूर्ण जिम्मेवारी प्रधानमन्त्री ट्रुडोको भएको बताएका छन्।

जुन २०२३ मा क्यानडेली नागरिक हरिदीप सिंह निज्जरको हत्या भएको थियो। उनी खालिस्तानी आन्दोलनका समर्थक थिए।

पछि यो घटनामा प्रहरीले भारतीय नागरिकलाई अभियोग लगाएको छ।

सोमबार क्यानडेली प्रहरीले खालिस्तानी आन्दोलनसँग जोडिएका एक दर्जनभन्दा बढी व्यक्तिको जीवनमा खतरा रहेको खुलासा पनि गरेको थियो। त्यसमा भारत सरकारका एजेन्ट संलग्न रहेको प्रहरीको आरोप छ।

क्यानडाको आरोपपछि अमेरिका र बेलायतले भारतलाई क्यानडाको कानुनी प्रक्रियामा सघाउन आग्रह गरेका छन्। एजेन्सी

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

दुर्गा प्रसाईँसँग वार्ता गर्न सरकारले समिति गठन गर्‍यो

कांग्रेसलाई ‘बिग टेन्ट’ पार्टीका रूपमा पुनर्गठन गर्न डिला संग्रौलाको जोड

सम्बन्धित

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

आयभन्दा बढी सम्पत्तिको आरोपमा राहुल गान्धीलाई सर्वोच्च अदालतबाट राहत

दक्षिण कोरियासँगको सैन्य अभ्यासमा भारी कटौती गर्न ट्रम्पको निर्देशन

पाकिस्तानमा १३ लाख फलोअर्स भएकी टिकटक स्टारको गोली हानी हत्या

इरानविरुद्ध आणविक हतियार प्रयोगबारे अमेरिकी रणनीतिक बैठकमा छलफल भइरहेको दाबी

युक्रेनको रुसमाथि यस वर्षकै ठूलो ड्रोन हमला, ८२२ ड्रोन खसालेको रुसी दाबी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu