ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दक्षिण बेरुतका दुई छिमेक खाली गर्न इजरायली सेनाको आदेश


एबीसी न्यूज
४ कार्तिक २०८१, आइतबार   २ : ०१   बजे

काठमाडौं ४ कात्तिक । इजरायली सेनाले आइतबार बिहान दक्षिण बेरुतका दुई छिमेकमा ‘हिजबुल्लाहसँग सम्बद्ध’ भनिएका भवनहरू नजिक रहेका नागरिकहरूलाई तुरुन्तै खाली गर्न आदेश दिएको छ । सेनाले दुई नक्सामा सुविधाहरू चिह्न लगाउँदै र सेनाले चाँडै तिनीहरूविरुद्ध ‘काम गर्ने’ भन्दै उक्त आदेश दिएको हो ।

उक्त ‘जरुरी चेतावनी’ सेनाका अरबी प्रवक्ता अभिचय अद्राईद्वारा जारी गरिएको थियो र यसले हारेत ह्रेइक र हदाथ छिमेकलाई सम्बोधन गरेको थियो ।

“तपाईं हिजबुल्लाहसँग सम्बद्ध सुविधा र हितहरू नजिक हुनुहुन्छ, हिजबुल्लाहविरुद्ध आइडिएफले निकट भविष्यमा काम गर्नेछ”, अद्राईले टेलिग्राममा भन्नुभयो, “तपाईं र तपाईंका परिवारका सदस्यहरूको सुरक्षाका लागि तपाईंले तुरुन्तै भवन र त्यससँग जोडिएका भवनहरू खाली गर्नुपर्छ र त्यहाँबाट कम्तीमा पाँच सय मिटर टाढा जानुपर्छ ।”

लेबनानको राजधानी बेरुतको दक्षिणी उपनगरहरूमा गढ रहेको इरान–समर्थित हिजबुल्लाहविरुद्ध इजरायलले आफ्नो अभियान तीव्र पारेपछि यस्तै चेतावनीहरूले हालैका साताहरूमा इजरायली हवाई आक्रमणहरूको सङ्केत गरेका छन् ।

इजरायल र प्यालेस्टिनी लडाकू समूह हमासको सहयोगी हिजबुल्लाहबीच गत वर्ष गाजामा युद्ध सुरु भएपछि लेबनानी सीमापार लगभग दैनिक गोलाबारी आदानप्रदान भइरहेका थिए ।

यद्यपि इजरायलले विनाशकारी हवाई आक्रमणहरू सुरु गर्दै र स्थल सेनाहरू तैनाथ गर्दै गत महिनाको अन्त्यतिर आफ्नो अभियानलाई तीव्र रूपमा बढाएको थियो ।

लेबनानी स्वास्थ्य मन्त्रालयका आँकडाअनुसार सेप्टेम्बरको अन्त्यदेखि युद्धबाट लेबनानमा कम्तीमा एक हजार चार सय ५४ जनाको ज्यान गएको छ । राससरएएफपी

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सीमा विवादबारे प्रधानमन्त्रीको जवाफ नआएसम्म संसद् अवरुद्ध रहने विपक्षीको चेतावनी

सरकारको निर्णयविरुद्ध सिंहदरबारभित्र अस्थायी र ज्यालादारी कर्मचारीको प्रदर्शन, ‘हजारौँको रोजगारी संकटमा’

सम्बन्धित

सीमा विवादबारे प्रधानमन्त्रीको जवाफ नआएसम्म संसद् अवरुद्ध रहने विपक्षीको चेतावनी

सरकारको निर्णयविरुद्ध सिंहदरबारभित्र अस्थायी र ज्यालादारी कर्मचारीको प्रदर्शन, ‘हजारौँको रोजगारी संकटमा’

उचित मूल्य नपाएको भन्दै किसानको आक्रोश: माइतीघरमा गोलभेँडा फ्याँकेर प्रदर्शन, न्यूनतम समर्थन मूल्यको माग

एल्गोरिदमको लतबाट मुक्ति पाउने मेरो ‘लो-फाई’ उपाय

भारतीय सहयोगमा सोलुखुम्बुमा ३ करोड ३० लाख रुपैयाँको गुम्बा निर्माण सुरु, सांस्कृतिक सम्पदा संरक्षणमा टेवा पुग्ने अपेक्षा

सेमिफाइनलमा अर्जेन्टिनाको अनुभव कि इंग्ल्यान्डको युवा जोश ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu