ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इरानमा आक्रमण गर्ने इजरायली तयारीसम्बन्धी गुप्त दस्ताबेज पेन्टागनबाट चुहियो


एबीसी न्यूज
४ कार्तिक २०८१, आइतबार   ४ : २८   बजे

काठमाडौं ४ कात्तिक । इजरायलले इरानमाथि गर्न लागेको आक्रमणसम्बन्धी अति गुप्त दस्ताबेज सार्वजनिक भएपछि अमेरिकाले त्यसको छानबिन सुरु गरेको छ। सीएनएनले स्रोतलाई उधृत गर्दै सो दस्ताबेजको आधिकारिकता पुष्टि गरेको छ।

‘यो चुहावट निकै चिन्ताजनक छ,’ ती अमेरिकी अधिकारीको भनाइ छ।

अक्टोबर १५ र १६ को मिति उल्लेख भएको सो दस्तावेज शुक्रबार टेलिग्रामबाट सार्वजनिक भएको थियो।

 

दस्ताबेजमा अति गोप्यको छाप लगाइएको छ। अर्थात्, त्यस्ता दस्ताबेज अमेरिका र फाइभ आइजका उसका अन्य सहयोगहीहरू अस्ट्रेलिया, क्यानडा, न्युजिल्यान्ड र बेलायतले मात्र हेर्न पाउँछन्।

दस्ताबेजमा इजरायलले इरानमाथि आक्रमणको तयारी गरिरहेको उल्लेख छ। एउटा दस्ताबेजमा इजरायलले हतियार ओसारिरहेको उल्लेख छ।

अर्को दस्ताबेजमा इजरायली सेनाले विमानबाट जमिनमा क्षेप्यास्त्र प्रहारको ढाँचा उल्लेख छ।

अमेरिकी अधिकारीहरूले पेन्टागनमा ती दस्ताबेजमा ककसको पहुँच थियो भनेर छानबिन गरिरहेको बताएका छन्। यस्तो चुहावट भए एफबीआई, पेन्टागन र अमेरिकी गुप्तचर निकायहरूले छानबिन गर्ने गर्छन्।

अक्टोबर १ मा इरानले गरेको क्षेप्यास्त्र आक्रमणको बदला लिने प्रयासमा छ इजरायल। यो चुहावटले अमेरिकासँग इजरायल क्रुद्ध बन्ने देखिएको छ।

सार्वजनिक दस्तबेजले इजरायलसँग आणविक हतियार रहेको पनि सुझाउँछ। जुन कुरा इजरायलले सार्वजनिक रुपमा कहिल्यै स्वीकारेको वा नकारेको छैन। एजेन्सी

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सीमा विवादबारे प्रधानमन्त्रीको जवाफ नआएसम्म संसद् अवरुद्ध रहने विपक्षीको चेतावनी

सरकारको निर्णयविरुद्ध सिंहदरबारभित्र अस्थायी र ज्यालादारी कर्मचारीको प्रदर्शन, ‘हजारौँको रोजगारी संकटमा’

सम्बन्धित

सीमा विवादबारे प्रधानमन्त्रीको जवाफ नआएसम्म संसद् अवरुद्ध रहने विपक्षीको चेतावनी

सरकारको निर्णयविरुद्ध सिंहदरबारभित्र अस्थायी र ज्यालादारी कर्मचारीको प्रदर्शन, ‘हजारौँको रोजगारी संकटमा’

उचित मूल्य नपाएको भन्दै किसानको आक्रोश: माइतीघरमा गोलभेँडा फ्याँकेर प्रदर्शन, न्यूनतम समर्थन मूल्यको माग

एल्गोरिदमको लतबाट मुक्ति पाउने मेरो ‘लो-फाई’ उपाय

भारतीय सहयोगमा सोलुखुम्बुमा ३ करोड ३० लाख रुपैयाँको गुम्बा निर्माण सुरु, सांस्कृतिक सम्पदा संरक्षणमा टेवा पुग्ने अपेक्षा

सेमिफाइनलमा अर्जेन्टिनाको अनुभव कि इंग्ल्यान्डको युवा जोश ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu