काठमाडौं ८ कात्तिक । टर्कीको एउटा उड्डयन कम्पनिमा आक्रमण हुँदा ५ जनाको ज्यान गएको छ । अरु २२ जना घाइते भएका छन् । राजधानी अंकाराबाट ४० किलोमिटर टाढा आक्रमण भएको बीबीसीले जनाएको छ ।
आक्रमणकारीहरू ट्याक्सीमा आएर अन्धाधुन्ध गोली चलाएको घटनापछि सार्वजनिक भएका सिसिटिभी फुटेजमा देख्न सकिने खबरमा उल्लेख छ । उनीहरु त्यहाँ पुगेपछि पहिले बम विष्फोट गरेर त्यसपछि गोली चलाउन थालका थिए ।
यो घटनामा एक जना आक्रमणकारीले आत्मघाती बम विष्फोट गराएका छन् । स्थानीय सञ्चार माध्यमका अनुसार त्यस कम्पनीमा झण्डै १५ हजार मानिस काम गर्छन् ।
टर्कीमा यसअघि पनि यस्ता आक्रमण भएका छन् । उनीहरुको पछाडि चरमपन्थी सङ्गठन कुर्दिस्तान वर्कर्स पार्टी ९पीकेके०को नाम आएको छ । तर गएरातिको आक्रमणको भने अहिलेसम्म कसैले जिम्मा लिएका छैनन् ।
प्रतिक्रिया दिनुहोस्