ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यी स्थानमा हुँदैछ मंसिर १६ गते उपनिर्वाचन


abc tv
३ मंसिर २०८१, सोमबार   २ : १५   बजे

काठमाडौं । ४४ स्थानीय तहमा मंसिर १६ गते उपनिर्वाचन हुँदैछ । त्यसका लागि आइतबार उम्मेदवारी दर्ता भएका छन् ।

निर्वाचन आयोगका अनुसार, दुई जिल्ला समन्वय समितिका प्रमुख, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख एक र एकजना उपप्रमुखका लागि निर्वाचन हुनेछ । । त्यस्तै, ३४ जना वडाध्यक्षसमेत गरी जम्मा ४४ रिक्त पदका लागि निर्वाचन हुनेछ ।

आयोगका अनुसार ओखलढुङ्गा र कैलालीका जिल्ला समन्वयसमितिका प्रमुखको लागि निर्वाचन हुँदैछ । काठमाडौंको कीर्तिपुर नगरपालिकाका प्रमुख र जाजरकोटको नलगाड नगरपालिकाका उपप्रमुखका लागि पनि निर्वाचन हुनेछ ।

मोरङको ग्रामथान र दैलेखको महाबु गाउँपालिकाको रिक्त अध्यक्ष पदमा निर्वाचन हुन लागेको आयोगले जनाएको छ । दोलखाको गौरीशंकर, हुम्लाको सर्केगाड र बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको रिक्त उपाध्यक्ष पदका लागि पनि निर्वाचन हुने भएको छ ।

यसैगरी, ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाको वडा नं ३ र झापाको कन्काई नगरपालिकाको वडा नं ६ मा पनि निर्वाचन हुँदैछ । तेह्रथुमको लालीगुराँस नगरपालिकाको वडा नं ८, सुनसरी गढी गाउँपालिकाको वडा नं ६ मा पनि निर्वाचन हुँदैछ । ओखलढुङ्गाको मोलुङ गाउँपालिकाको वडा नं ५, उदयपुरको त्रियुगा नगरपालिकाको वडा नं १२ र बेलका नगरपालिकाको वडा नं ९ मा पनि निर्वाचन हुने आयोगले जनाएको छ । सप्तरीको डाक्नेश्वरी वडा नं १ र ४, धनुषाको धनुषाधाम नगरपालिकाको वडा नं १ मा पनि निर्वाचन हुने बताइन्छ ।

महोत्तरीको रामगोपालपुर नगरपालिकाको वडा नं २, रौतहटको ईशनाथ नगरपालिकाको वडा नं ७, राजपुर नगरपालिकाको वडा नं ६ र गढीमाई नगरपालिकाको वडा नं ८ को वडाध्यक्ष पदका लागि निर्वाचन हुने आयोगले जानकारी दिएको छ । यस्तै, काठमाडौंको कीर्तिपुर नगरपालिका प्रमुख, वडा नं १ र ४ को वडा अध्यक्ष पदका लागि निर्वाचन हुनेछ । काठमाडौं महानगरपालिकाको वडा नं १६ को अध्यक्ष पदका लागि निर्वाचन हुँदैछ । नुवाकोटको ककनी गाउँपालिकाको वडा नं २, मकवानपुरको हेटौंडास्थित उपमहानगरपालिकाको वडा नं १२ र गोरखाको गोरखा नगरपालिकाको वडा नं ५ को वडा अध्यक्ष पदमा निर्वाचन हुने भएको छ ।

यस्तै, गुल्मी जिल्लाको मुसिकोट नगरपालिकाको वडा नं १, रोल्पाको रुन्टीगढी गाउँपालिकाको वडा नं ४ र बर्दियाको ठाकुरबाबा नगरपालिकाको वडा नं ४ को वडा अध्यक्ष पदमा निर्वाचन गरिदैछ । रुकुम (पूर्वी) पुथा उत्तरगङ्गा गाउँपालिकाको वडा नं २ र कपिलवस्तु शुद्धोधन गाउँपालिकाको वडा नं १ को वडाध्यक्ष पदमा पनि निर्वाचन हुने लागेको आयोगले जनाएको छ । दैलेखको दुल्लु नगरपालिकाको वडा नं १३, कालिकोटको तिलागुफा नगरपालिकाको वडा नं ४ र जाजरकोट कुशे गाउँपालिकाको वडा नं ७ मा पनि निर्वाचन गरिदैछ ।

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाको वडा नं ५, रुकुम (पश्चिम) सानीभेरी गाउँपालिकाको वडा नं ५, बझाङको सुर्मा गाउँ पालिकाको वडा नं ४, डोटीको पूर्वीचौकी गाउँपालिकाको वडा नं ६, दार्चुलाको दुहुँ गाउँ पालिकाको वडा नं ५ र कञ्चनपुरको भीमदत्त नगरपालिकाको वडा नं ६ को वडाध्यक्ष पदका लागि पनि निर्वाचन हुन लागेको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group