काठमाडौं, ५ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशलाई एकतावद्ध बनाउन सांस्कृतिककर्मीहरुलाई आह्वान गर्नुभएको छ ।
सोमबार काठमाडौंमा आयोजित ‘सांस्कृतिक प्रतिरोध दिवस’ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सांस्कृतिक आन्दोलनको अभावमा मुलुकलाई समृद्ध बनाउन नसकिने बताउनुभयो ।
अध्यक्ष प्रचण्डले भाषण नभई जनतालाई एक्सन चाहिएको दावी गर्नुभयो । उहाँले आफूले मुलुकमा विभिन्न अभियानको नेतृत्व गर्ने अवसर पाएको उल्लेख गर्दै अब समाजवादी आन्दोलनको आधार तयार पार्न लागिपर्ने बताउनुभयो ।
नेकपा माओवादी केन्द्रले सोमबार २०औँ सांस्कृतिक प्रतिरोध दिवस मनाएको हो । तत्कालीन नेकपा माओवादीका ७ जना कलाकारहरुलाई काभ्रेको अनेकोटमा सुरक्षाकर्मीहरुले सामुहिक हत्या गरेको दिनको स्मरणमा हरेक वर्ष चैत ५ गते सांस्कृतिक प्रतिरोध दिवस मनाउने गरिन्छ ।
प्रतिक्रिया दिनुहोस्