ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तीन दिनभित्र लिखित कार्ययोजना दिन विभागीय प्रमुखहरूलाई मन्त्री सिंहको निर्देशन


abc news
२६ बैशाख २०८२, शुक्रबार   ४ : २२   बजे

काठमाडौ २६ बैशाख । उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले मन्त्रालय मातहतका विभागीय प्रमुखहरूसँग लिखित कार्ययोजना मागेका छन्।

शुक्रबार सहरी विकास मन्त्रालयअन्तर्गतका विभागीय प्रमुखहरूसँग चालु आर्थिक वर्षमा भएका कामको समीक्षा बैठकमा उनले कार्यप्रगतिप्रति असन्तुष्टि व्यक्त गरेका हुन्।

पटकपटक समीक्षा भए पनि योजनाअनुसार काम नभएको भन्दै मन्त्री सिंहले अब आफूलाई लिखित योजना चाहिएको बताए।

बैठकमा विभागका प्रमुखहरूले आआफ्ना विभागका कार्यप्रगति जानकारी गराएका थिए।

तर कार्यप्रगति सन्तोषजनक नदेखिएपछि उपप्रधानमन्त्री सिंहले बैठकमा गफ गर्ने तर परिणाम ननिस्कने प्रवृत्ति राम्रो नभएको टिप्पणी गरे।

समीक्षा बैठकमा भएका कुराहरूलाई गम्भीरताका साथ लिई नतिजा निकाल्ने गरी काम गर्न उपप्रधानमन्त्री सिंहले उनीहरूलाई सचेत पनि गराए।

उपप्रधानमन्त्री सिंहले नीतिगत रूपमा र विभागलाई काम गर्ने क्रममा आउने समस्याको समाधानका लागि मन्त्रीको तहबाट समाधानका लागि पहल गर्ने बताउँदै विभागको कार्यक्षमतामा सुधार नदेखिएको गुनासो गरे।

अहिलेसम्म विभागहरूको कार्यशैली चित्तबुझ्दो नदेखिएपछि समीक्षा र छलफलअनुसार यो आर्थिक वर्षको बाँकी अवधिमा तीव्र रूपमा काम अघि बढाउन विभागीय प्रमुखहरूसँग ३ दिनभित्र लिखित कार्ययोजना मागिएको उपप्रधानमन्त्री सिंहको सचिवालयले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

ओलीले राखेको शिलान्यास शिलालेख खोजीमा आयोजना कार्यालय

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu