नेपालगन्ज, ११ चैत। कानून, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले कानूनको सर्वाेच्चता स्थापित गर्न वर्तमान सरकार दृढ संकल्पित रहेको बताउनुभएको छ ।
प्रेस चौतारी, बाँकेले आज नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले ‘कानूनभन्दा माथि हुने छुट लोकतन्त्रमा कसैलाई पनि हुँदैन ‘ भन्नुभयो ।
उहाँले कानून र विधिको शासन जो सुकैले उल्लंघन गरे पनि कानूनी दायरामा आउनै पर्छ भन्दै वर्तमान सरकार कानूनी राज्यको अवधारणाबाट एक इन्च पछि नहटने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्