ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मदन भण्डारीको जीप दुर्घटनाबारे सत्यतथ्य बाहिर नआउनु दुःखद्- राष्ट्रपति भण्डारी


admin
१६ चैत्र २०७४, शुक्रबार   ५ : १७   बजे

मोरङ, १६ चैत।  राष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारी चढेको जीपको अकल्पनीय दुर्घटनाबारे अहिलेसम्म पनि सत्यतथ्य बाहिर नआउनु दुःखद् भएको बताउनुभएको छ ।

उर्लाबारी नगरपालिका– ३ स्थित मदन भण्डारी स्मृति प्रतिष्ठानले निर्माण गरेको ‘मदन भण्डारी संग्रहालय’ को आज अपराह्न उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले संग्रहालय उद्घाटन गर्दा विगतका घटना सम्झेर दुःख लागे पनि संग्रहालय निर्माण हुनु सुखद भएको बताउँदै संग्रहालयको संरक्षणमा सरकारले ध्यान दिनुपर्ने बताउनुभयो ।

राष्ट्रपति भण्डारीले राज्यस्तरबाटै यसको संरक्षण र प्रवद्र्धनको अपेक्षा आफूले गरेको स्पष्ट गर्नुभयो । राष्ट्रपति भण्डारी जननेता मदन भण्डारीकी धर्मपत्नी हुुनुहुन्छ । संग्रहालयले पर्यटन प्रवद्र्धनमा समेत सहयोग पु-याउने बताउँदै राष्ट्रपति भण्डारीले संग्रहालय वरिपरिको वातावरण पनि दर्शकमैत्री बनाउन आवश्यक रहेकामा जोड दिनुभयो ।

“मदन भण्डारी संग्रहालय विद्वानका लागि एउटा स्रोतस्थल र सर्वसाधारणका लागि खुला पाठशाला हुनेछ”, राष्ट्रपति भण्डारीले भन्नुभयो, “यसको संरक्षण र सम्वद्र्धन गर्दै यसलाई सिंगो समाजको सामाजिक सम्पत्तिका रुपमा विकास गरिनुपर्छ । संग्रहालयमा संरक्षित वस्तुहरु मासिन र बिग्रन नदिन आवश्यक प्रबन्ध मिलाउनुपर्छ, यसका लागि रेखदेख र सञ्चालनमा संलग्न जनशक्तिलाई यथोचित तालीम दिनुपर्छ ।”

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले संग्रहालयले नयाँ पुस्तालाई मदन भण्डारीका बारेमा थप जिज्ञासु बनाउने बताउनुभयो । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले स्मृति प्रतिष्ठानलाई प्राविधिक शिक्षाको केन्द्र बनाइने आश्वासन दिनुभयो । स्मृति प्रतिष्ठानका अध्यक्ष गुरुप्रसाद बरालले प्रतिष्ठानलाई प्रौद्योगिक विश्वविद्यालय बनाउन सङ्घीय संसद्मा विधेयक विचाराधीन रहेकाले त्यसलाई पारित गर्न सरकार र सांसदहरुलाई आग्रह गर्नुभयो ।

तत्कालीन नेकपा (एमाले)का महासचिव भण्डारीबारे युवा पुस्तालाई जानकारी दिने उद्देश्यले पुरातत्व विभागको आर्थिक सहयोगमा प्रतिष्ठानले संग्रहालय निर्माण गरेको हो । संग्रहालयमा जननेता भण्डारी जन्मेदेखि दासढुंगा दुर्घटनासम्मका सामग्री राखिएको छ । रु तीन करोडको लागतमा निर्मित संग्रहालय यही चैत १८ गतेदेखि सर्वसाधारणका लागि खुला गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group