ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देशका विभिन्न जिल्लामा तिब्र हावाहुरी र चट्याङको जोखिम, उच्च शतर्कता अपनाउन प्राधिकरणको आग्रह


एबीसी न्यूज
१६ बैशाख २०८३, बुधबार   १२ : २८   बजे

काठमाडौं १६ वैशाख । देशका विभिन्न भागमा तिब्र गतिको हावाहुरी, मेघगर्जन, चट्याङ र असिनासहित वर्षाको सम्भावना रहेको भन्दै राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च शतर्कता अपनाउन सर्वसाधारणमा आग्रह गरेको छ । 
जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान र मौसमी मोडलिङका आधारमा प्राधिकरणले देशैभर ‘अलर्ट’ जारी गरेको हो । प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टकाअनुसार आज विशेषगरी सुदूरपश्चिमका कञ्चनपुर, डडेल्धुरा, डोटी, लुम्बिनी प्रदेशका बर्दिया, बाँके, दाङ, अर्घाखाँची र परासी, गण्डकी तथा वागमती प्रदेशका नवलपुर र चितवन; मधेस प्रदेशका बारा, पर्सा, धनुषा तथा कोशी प्रदेशका झापा र मोरङसहित आसपासका जिल्लाहरूमा तिब्र गतिको हावाहुरी चल्ने सम्भावना छ । यो मौसमी प्रणाली पश्चिमबाट शुरु भई क्रमशः पूर्वतर्फ सर्दै जाने देखिएको छ । उहाँले हावाहुरी, मेघगर्जन र चट्याङ शुरु भएपछि तत्काल सुरक्षित स्थान वा घरभित्र जान र झ्यालढोका राम्ररी बन्द गर्न आग्रह गर्नुभयो । घरबाहिर वा खुला स्थानमा आगो बालिएको भए तत्काल निभाउनुपर्ने, तिब्र गतिको हावाहुरीले आगो उडाएर बस्ती वा वनजंगलमा डढेलो लाग्नसक्ने जोखिम रहेको बताउनु भयो । कमजोर र लड्न सक्ने संरचना, अग्ला रुख, बिजुली तथा टेलिफोनका खम्बा नजिक नबस्न र लत्रिएका तारहरू नछुन सचेत गराइएको छ । यात्रा गरिरहेका व्यक्तिहरूले हावाहुरी शुरु हुनासाथ सुरक्षित स्थानमा सवारी साधन रोक्न आग्रह गर्नुभयो । रुख खसेर दुर्घटना हुनसक्ने भएकाले रुखमुनि सवारी साधन पार्किङ नगर्न सुझाइएको छ । हवाई उडानका सन्दर्भमा नेपाल नागरिक उड्डयन प्राधिकरणको आफ्नै मौसम निगरानी प्रणाली र टावरहरूले समन्वय गरिरहेको जानकारी दिइएको छ । मौसममा खराबी देखिएमा उडानको मार्ग परिवर्तन (रुट सिफ्ट) वा डाइभर्ट गरिनेछ । कार्यकारी प्रमुख भट्टले विपद्को समयमा तत्काल उद्धार र राहतका लागि सुरक्षा निकाय, जिल्ला विपद् व्यवस्थापन समिति र स्वयम्सेवकहरूलाई ‘हाई अलर्ट’ मा राखिएको बताउनु भयो । कुनैपनि दुर्घटना भए तत्काल नेपाल प्रहरीको १००, सशस्त्र प्रहरीको १११४ र विपद् उद्धारको टोल फ्री नम्बर ११४९ मा सम्पर्क गर्न प्राधिकरणले अनुरोध गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

सम्बन्धित

काठमाडौँ उपत्यकामा पश्चिमी र पूर्वी वायुको प्रभाव, मध्यमसम्म वर्षाको सम्भावना

प्रतिनिधिसभाको आजको बैठकमा बजेटमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीहरुले जवाफ दिने

आज सातै प्रदेशमा वर्षाको सम्भावना, केही स्थानमा हावाहुरी चल्ने

काठमाण्डौ उपत्यकासहित मध्य र पूर्वी भेगका केही ठाउँमा वर्षा

आज र भोलि पहाडमा वर्षा तथा तराईमा गर्मी बढ्ने अनुमान

आज केही ठाउँमा मेघगर्जन चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group