ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम


एबीसी न्यूज
९ असार २०८३, मंगलबार   ५ : २०   बजे

काठमाडौं — बेलायती राजनीतिमा ठूलो उलटफेर भएको छ। प्रधानमन्त्री तथा लेबर पार्टीका नेता कियर स्टार्मर ले पदबाट राजीनामा दिने घोषणा गरेपछि एन्डी बर्नहम बेलायतको नयाँ प्रधानमन्त्री बन्ने लगभग निश्चित भएको छ।

डाउनिङ स्ट्रिटस्थित प्रधानमन्त्री निवास अगाडि सोमबार भावुक सम्बोधन गर्दै स्टार्मरले आफू अब देशलाई आगामी आमनिर्वाचनतर्फ नेतृत्व गर्ने सही व्यक्ति नरहेको स्वीकार गरे। पार्टीभित्र बढ्दो असन्तुष्टि र आगामी निर्वाचनमा दक्षिणपन्थी दल निगेल पराज नेतृत्वको रिफर्म युके बाट बढ्दो चुनौतीका कारण उनले पद त्याग्ने निर्णय गरेका हुन्।

दुई वर्षअघि ऐतिहासिक चुनावी जितसहित सत्तामा पुगेका स्टार्मरले भने, “मेरो पार्टीले अहिले सोधिरहेको प्रश्न म आगामी निर्वाचनमा नेतृत्व गर्न उपयुक्त छु कि छैन भन्ने हो। मैले त्यसको उत्तर सुनेको छु र त्यसलाई सम्मानपूर्वक स्वीकार गर्छु।”

सम्बोधनका क्रममा उनले पत्नी भिक्टोरिया र आफ्ना सन्तानहरूको चर्चा गर्दा भावुक बनेका थिए। “देशको सबैभन्दा ठूलो जिम्मेवारीबाट बाहिरिएपछि म मेरो जीवनको सबैभन्दा महत्वपूर्ण भूमिकामा बढी समय दिनेछु—असल पति र असल पिता बन्न,” उनले भने।

बर्नहम निर्विरोध नेता बन्ने सम्भावना

स्टार्मरको राजीनामासँगै लेबर पार्टीभित्र नयाँ नेतृत्व चयन प्रक्रिया सुरु भएको छ। तर पार्टीका प्रभावशाली नेता तथा स्वास्थ्यमन्त्री रहिसकेका Wes Streeting ले नेतृत्वको दौडमा नउत्रिने घोषणा गरेपछि बर्नहम निर्विरोध रूपमा नेता चयन हुने सम्भावना अत्यन्त बलियो बनेको छ।

हालै मात्र मेकरफिल्ड निर्वाचन क्षेत्रबाट सांसद निर्वाचित भएका बर्नहमले प्रधानमन्त्रीको दौडमा आफू उम्मेदवार बन्ने पुष्टि गरिसकेका छन्। पार्टीभित्र आवश्यक समर्थन जुटाउन सक्ने अर्को उम्मेदवार नदेखिएकाले उनी जुलाईको मध्यसम्ममा डाउनिङ स्ट्रिट प्रवेश गर्न सक्ने अनुमान गरिएको छ।

नीतिगत परिवर्तनको संकेत

बर्नहमले नेतृत्व सम्हालेपछि स्टार्मर सरकारको नीतिगत दिशामा केही महत्वपूर्ण परिवर्तन आउने संकेत देखिएको छ। स्रोतहरूका अनुसार उनले आगामी सातादेखि अर्थतन्त्र, स्थानीय स्वायत्तता र क्षेत्रीय विकासका विषयमा विशेष सम्बोधनहरूको श्रृंखला सुरु गर्ने तयारी गरेका छन्।

उनले पूर्व ऊर्जा मन्त्री इड मिलिव्इान्डलाई अर्थमन्त्री (चान्सलर) नियुक्त गर्ने सम्भावना पनि अध्ययन गरिरहेका छन्। यद्यपि यस विषयमा अन्तिम निर्णय भइसकेको छैन। यस्तो कदमले परम्परागत वित्तीय नीतिमाथि चुनौती खडा गर्न सक्ने विश्लेषण गरिएको छ।

यसैबीच गृहमन्त्री Shabana Mahmood आफ्नो पदमा कायम रहने सम्भावना बलियो रहेको बताइएको छ।

पहिलो १०० दिनमै परीक्षा

लेबर सांसदहरूका अनुसार बर्नहमले नेतृत्व सम्हाल्नेबित्तिकै जनतालाई परिवर्तनको स्पष्ट सन्देश दिन “शक एन्ड अ” शैलीको नीतिगत अभियान सुरु गर्नुपर्नेछ। पार्टीभित्रका नेताहरूको बुझाइमा आगामी आमनिर्वाचनको सफलता वा असफलता नयाँ सरकारका पहिलो १०० दिनले निर्धारण गर्न सक्छ।

बर्नहम निकट नेताहरूले स्थानीय सरकारलाई बढी वित्तीय अधिकार दिने, मेयरहरूलाई व्यवसायिक कर निर्धारण गर्ने अधिकार प्रदान गर्ने तथा क्षेत्रीय विकासलाई प्राथमिकता दिने योजना अगाडि बढाउनुपर्ने धारणा राखेका छन्।

Starmer in suit jacket and tie behind lectern outside door of No10 looking pensive
In his resignation speech outside 10 Downing Street in London, Keir Starmer said he would do everything he could to ensure an orderly handover of power. Photograph: Thomas Krych/AP

स्टार्मरप्रति सम्मान

राजीनामा घोषणापछि जारी वक्तव्यमा बर्नहमले स्टार्मरको योगदानको प्रशंसा गरेका छन्।

“उनको निर्णयले नेतृत्व हस्तान्तरणको प्रक्रिया सुरु गरेको छ। यो प्रक्रिया जिम्मेवार र व्यवस्थित ढंगले सम्पन्न हुनुपर्छ,” उनले भने। “देशले स्थिरता, गम्भीरता र जनताका वास्तविक समस्यामाथि केन्द्रित सरकार चाहेको छ, र म त्यही प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।”

Burnham stands in suit holding book in swearing-in ceremony while MPs look on
Andy Burnham was sworn in as an MP in the House of Common in London on the same day that Keir Starmer resigned as PM. Photograph: House of Commons/AP

विपक्षीको प्रतिक्रिया

विपक्षी नेता फराजले भने नयाँ प्रधानमन्त्री चयन भएमा तत्काल आमनिर्वाचन घोषणा गर्न माग गरेका छन्। उनका अनुसार बेलायतले “एक संकटबाट अर्को संकटतर्फ भौतारिने राजनीति” धेरै समय धान्न सक्दैन।

तर बर्नहम पक्षले तत्काल निर्वाचनको सम्भावना अस्वीकार गरेको छ। उनीहरू लेबर सरकारको बाँकी कार्यकाल पूरा गर्दै नयाँ नीति र कार्यक्रममार्फत जनताको विश्वास पुनः जित्ने रणनीतिमा रहेको बताइएको छ।

स्टार्मरको बहिर्गमनसँगै बेलायतले पछिल्लो १० वर्षमा आफ्नो सातौं प्रधानमन्त्री पाउने अवस्था बनेको छ। यसले बेलायती राजनीतिमा अस्थिरता र नेतृत्व संकटबारे नयाँ बहस सुरु गराएको छ भने लेबर पार्टीका लागि पनि यो संक्रमणकालीन क्षण बनेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group