ABC NEWS NEPAL | No.1 News channel of Nepal
२२ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘कोशीमा बिहार उत्सव’ चैत २६ देखि


ABC NEWS
२२ श्रावण २०८३, शुक्रबार   ४ : ५५   बजे

धरान — चैत २६ र २७ गते धरानमा ‘कोशीमा बिहार उत्सव’ हुने भएको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत उत्सव हुन लागेको जानकारी दिइएको हो ।

उत्सव भानुचोकस्थित खुला क्षेत्रमा आयोजना हुनेछ । पर्यटन कार्यालय धरानको प्रवर्द्धन, सुनसरी उद्योग वाणिज्य संघको संयोजन तथा होटल एसोसिएसन अफ धरान र होटल व्यवसायी समिति धरानको सहकार्यमा कार्यक्रम सञ्चालन गरिन लागेको हो ।

‘पर्यटनका लागि प्रकृति, संस्कृति र व्यवसाय’ भन्ने नारासहित आयोजना हुन लागेको उक्त उत्सव कोशी प्रदेश सरकारले सन् २०८२ लाई पर्यटन वर्षका रूपमा मनाइरहेको सन्दर्भमा निजी क्षेत्रसँगको सहकार्यमा गर्न लागिएको कार्यक्रम संयोजक नारायण लिम्बूले बताए ।

प्रदेशको आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा पर्यटन क्षेत्रलाई प्राथमिकतामा राख्दै यस वर्षलाई पर्यटन विकासको आधार वर्षका रूपमा अघि बढाइएको उनले बताए ।

उत्सवमा विशेष गरी भारतको बिहार राज्यबाट आउने पर्यटकलाई लक्षित गरिएको छ। कोशी करिडोर क्षेत्रमा सीमापार पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिने कार्यक्रममा पर्यटन, कला, संस्कृति र व्यवसायलाई एकै थलोमा प्रस्तुत गरिने लिम्बूले जानकारी दिए।

उत्सवमार्फत बिहारका पर्यटकहरूलाई यहाँको संस्कृति, खानपान र स्थानीय जीवनशैलीसँग परिचित गराउने लक्ष्य राखिएको छ । साथै, सीमापारि तथा स्थानीय उद्योगी–व्यवसायीबीच व्यापार तथा लगानीका सम्भावनाबारे छलफल र सहकार्य बढ्ने विश्वास आयोजकले लिएका छन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘क्यूआरबाट पैसा तिर्दैमा १० लाख जितिँदैन’ : बिल नभए करदाताको उपहार दाबी गर्न नपाइने

राष्ट्र बैंक गभर्नरको कार्यकाल घटाउने प्रस्ताव : अर्थ समितिमा ३, ४ र ५ वर्षको पक्ष–विपक्षमा बहस

सम्बन्धित

‘टिएमजे’ क्षेत्र ढकमक्क बन्यो

‘निजी क्षेत्रमैत्री बनोस् पर्यटन बोर्ड’– महिला पर्यटन व्यवसायीको आग्रह

ब्रोड पिकबाट निर्मल पुर्जासहित चार आरोहीको शव आधारशिविरमा ल्याइयो

४३ वर्षदेखि ‘पर्खाइ’मै ढोरपाटन : करोडौँ राजस्व काठमाडौं पुग्छ, स्थानीय भने लाभबाट वञ्चित

मर्दी हिमाल पदयात्रामा गएका तीन युवा जंगलमा अलपत्र, उद्धार अभियान जारी

 पुस्तकमा चर्चित, यात्रुका लागि अझै ओझेलमा ‘भालेबास्ने ताल’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu