ABC NEWS NEPAL | No.1 News channel of Nepal
२२ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कैदी बोकेको भ्यान दुर्घटना, एकको मृत्यु, एक घाइते


ABC NEWS
२२ श्रावण २०८३, शुक्रबार   ४ : ५५   बजे

 

रुकुमपश्चिम । रुकुमपश्चिममा थुनुवा कैदी बोकेको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते हुनुभएको छ ।

बिहीबार बेलुका पौने ६ बजे रुकुमपश्चिमको मुसीकोट नगरपालिका —८ ताउनेस्थित मध्यपहाडी राजमार्गमा जिल्ला कारागार कार्यालय रुकुमपश्चिमको बा.प्र. ०३००१ च ३९५६ नम्वरको भ्यान दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) बेदबहादुर पौडेलका अनुसार रुकुमपूर्वबाट फर्कदै गरेको भ्यान विपरित दिशाबाट आइरहेको क.प्र.०३००१ प ०७६८ नम्बरको पल्सर बाइकसँग ठोकिएर दुर्घटना भएको हो ।

दुर्घटनामा परेर मोटरसाइकलमा रहेका एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएको प्रहरीले जनाएको छ । डिएसपी पौडेलले दिनुभएको जानकारी अनुसार मृत्यु हुनेमा आठबिसकोट नगरपालिका —७ का २१ वर्षीय निवास बोहरा रहेका छन् ।

त्यसैगरी आठबिसकोट नगरपालिका —१० का १८ वर्षीय गणेश शाही गम्भीर घाइते हुनुभएको छ । उहाँलाई उपचारको लागि जिल्ला अस्पताल सल्ले ल्याइएकोमा थप उपचारका लागि सुविधा सम्पन्न अस्पतालमा लैजान रिफर गरिएको छ ।

जिल्ला कारागार कार्यालय रुकुमपश्चिमबाट थुनुवा बन्दीलाई साक्षी बयानका लागि रुकुमपूर्वमा रहेको रुकुमकोट जिल्ला अदालतमा उपस्थित गराई रुकुमपश्चिमतर्फ फर्कने क्रममा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनापश्चात अस्थायी प्रहरी पोष्ट साँखबाट प्रहरी सहायक निरीक्षक देवेन्द्रकुमार थापाको नेतृत्वको टोली घटनास्थल पुगेको थियो । जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक झविन्द्र परियारको नेतृत्वमा ट्राफिकसहितको टोली अनुसन्धानका लागि घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘क्यूआरबाट पैसा तिर्दैमा १० लाख जितिँदैन’ : बिल नभए करदाताको उपहार दाबी गर्न नपाइने

राष्ट्र बैंक गभर्नरको कार्यकाल घटाउने प्रस्ताव : अर्थ समितिमा ३, ४ र ५ वर्षको पक्ष–विपक्षमा बहस

सम्बन्धित

देशका ७२ जिल्लामा डेङ्गु फैलियो, दुई हजारभन्दा बढी संक्रमित, दुई जनाको मृत्यु

अब एआईले बनाउनेछ सरकारी बजेट

‘उपचार खर्च लाग्छ’ भन्ने डरले आफ्नै साथीको हत्या, नहरमा शव फालेपछि रहस्य खुल्यो

नेपाल टेलिभिजन खरिदमा अनियमितताको निष्कर्ष, अख्तियारलाई अनुसन्धान गर्न सिफारिस

 सुनकोशीमा बेपत्ता वृद्ध दम्पतीको खोजी जारी

२८ वर्षपछि लागु हुँदै मासु जाँच ऐन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu