ABC NEWS NEPAL | No.1 News channel of Nepal
४ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भदौ ९ देखि नाडा अटो शो, रोबोटिक्सदेखि ‘मेड इन नेपाल’सम्म विशेष आकर्षण


ABC NEWS
४ भदौ २०८३, बिहिबार   ७ : ३५   बजे

 

।काठमाडौं । यही भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा ‘१८औँ नाडा अटो शो २०२६’ आयोजना हुने भएको छ। नेपाल सवारी साधन व्यवसायी संघ (नाडा) को ५०औँ स्थापना वर्षको अवसरमा आयोजना हुन लागेको यसपटकको अटो शोमा सवारीसाधनसँगै प्रविधि र स्वदेशी उत्पादनलाई विशेष प्राथमिकता दिइने भएको छ।

करिब ३ लाख वर्गफिट क्षेत्रमा आयोजना हुने प्रदर्शनीमा २०० भन्दा बढी स्टल रहनेछन्। आयोजकका अनुसार प्रदर्शनीमा २३ ब्रान्डका प्यासेन्जर कार, १७ ब्रान्डका लाइट कमर्सियल भेइकल, १३ ब्रान्डका दुईपाङ्ग्रे सवारीसाधन, अटोमोबाइल पार्टपुर्जा तथा उत्पादनका ७० स्टल र १० वटा वित्तीय तथा बीमा संस्था सहभागी हुनेछन्।

यसपटक नाडाले अटो शोलाई सवारीसाधन प्रदर्शनमा मात्र सीमित नराखी रोबोटिक्स, आर्टिफिसियल इन्टेलिजेन्स (एआई), डिजिटल प्रविधि र स्वदेशी उत्पादनलाई समेत प्रदर्शनीको केन्द्रमा राख्ने भएको छ।

नाडाका महासचिव मिलन बाबु मल्लका अनुसार अटो शोले नाडाको पाँच दशक लामो यात्रा र नेपालको अटोमोबाइल क्षेत्रको विकासलाई जोड्ने प्रयास गर्नेछ। पेट्रोल तथा डिजेलबाट विद्युतीय सवारीतर्फको संक्रमणसँगै सवारीसाधनमा एआई, कनेक्टिभिटी र अटोमेसनको प्रयोग बढ्दै गएकाले प्रदर्शनीमा यी प्रविधिलाई समेत समेटिएको उनले बताए।

रोबोटदेखि एआईसम्म

अटो शोमा दर्शकले ‘जीआई ह्युमनोइड’ र ‘जीओ–२ क्वाड्रुपेड’ रोबोट प्रत्यक्ष अवलोकन गर्न पाउनेछन्। त्यस्तै, प्रदर्शनीमा राखिएका सवारीसाधनमा रहेको क्युआर कोड स्क्यान गरेर एआई प्रविधिमार्फत गाडीका विभिन्न विवरण डिजिटल रूपमा प्राप्त गर्न सकिने व्यवस्था मिलाइनेछ।

मल्लका अनुसार प्रविधिलाई केवल आकर्षणका रूपमा नभई दर्शकलाई सवारीसाधनबारे जानकारी लिन, तुलना गर्न र भविष्यको मोबिलिटीबारे बुझ्न सहज बनाउने माध्यमका रूपमा प्रयोग गरिनेछ।

‘मेड इन नेपाल’लाई विशेष प्राथमिकता

यस वर्षको अटो शोमा पहिलोपटक ‘मेड इन नेपाल एन्ड मेड फर नेपाल’ नामक छुट्टै प्याभिलियन निर्माण गरिने भएको छ। उक्त प्याभिलियनमा नेपालमै उत्पादन तथा एसेम्बल भएका सवारीसाधन र अटोमोबाइल सामग्रीलाई प्राथमिकताका साथ प्रदर्शन गरिनेछ।

नेपालमा उत्पादन भएका मोटरसाइकल तथा स्वदेशमा एसेम्बल गरिएका स्कुटर र बाइकसँगै टायर, लुब्रिकेन्ट, ब्याट्री, हेल्मेट तथा स्पेयर पार्ट्ससमेत प्रदर्शन गरिने आयोजकले जनाएको छ।

नाडाले स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्दै नेपालमा उद्योग स्थापना, रोजगारी सिर्जना, सीप विकास र अर्थतन्त्रमा मूल्य अभिवृद्धि गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिएको छ।

‘उद्योगदेखि रोजगारसम्म’ मूल नारा

यस वर्षको अटो शोको मूल नारा ‘उद्योगदेखि रोजगारसम्म’ राखिएको छ। नाडाका अनुसार अटोमोबाइल क्षेत्रले कुल भन्सार राजस्वमा करिब १८ प्रतिशत र समग्र राष्ट्रिय राजस्वमा २२ देखि २५ प्रतिशतसम्म योगदान गर्दै आएको छ।

यस क्षेत्रमा प्रत्यक्ष रूपमा करिब १ लाख र अप्रत्यक्ष रूपमा करिब १० लाख मानिसले रोजगारी पाएको नाडाको दाबी छ।

प्रदर्शनीमा विद्युतीय सवारीसाधनको उपस्थिति पनि उल्लेख्य हुने आयोजकले जनाएको छ। विभिन्न ब्रान्डले नयाँ ईभी मोडल सार्वजनिक गर्ने तयारी गरेका छन्। स्मार्ट मोबिलिटी, दिगो यातायात तथा कनेक्टिभिटीका विषयमा सिम्पोजियमसमेत आयोजना गरिनेछ।

ईभीको बजार विस्तारसँगै चार्जिङ पूर्वाधार, प्राविधिक जनशक्ति, सर्भिस नेटवर्क र स्थिर नीतिको आवश्यकता बढ्दै गएको नाडाले जनाएको छ।

दुई लाख आगन्तुक आउने अपेक्षा

६ दिनसम्म सञ्चालन हुने प्रदर्शनीमा करिब २ लाख आगन्तुक आउने आयोजकको अपेक्षा छ। आगन्तुकको भीड र पार्किङ व्यवस्थापनका लागि नेपाल पुलिस क्लब, नेसनल ट्रेडिङ, सुन्धारा, सञ्चय कोष भवन, पुरानो बसपार्कलगायत क्षेत्रमा पार्किङको व्यवस्था गरिने भएको छ।

बाहिरी पार्किङस्थलबाट भृकुटीमण्डपसम्म निःशुल्क सटल बससमेत सञ्चालन गरिनेछ।

प्रदर्शनीस्थलमा सीसीटीभी निगरानी, ह्विलचेयर सुविधा, आपत्कालीन स्वास्थ्य टोली तथा ट्राफिक सूचना डेस्कको व्यवस्था गरिने आयोजकले जनाएको छ। आधिकारिक टिकटिङ पार्टनर खल्तीमार्फत अग्रिम टिकट बुक गर्दा ५० प्रतिशतसम्म क्यासब्याकको व्यवस्था रहेको पनि आयोजकले जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

दुई दिनपछि जंगलमा सकुशल भेटिए साढे दुई वर्षीय शिवान

नेपाल–साउदी सम्बन्ध थप सुदृढ बनाउन उच्चस्तरीय भ्रमण र संवादमा जोड

सम्बन्धित

एउटै निर्णयको दुई परिणाम : किरण मुख्यमन्त्री, उद्धवको सांसद पद संकटमा

लामखुट्टे मार्ने ‘फगिङ’को धुवाँ कति सुरक्षित ? दम र फोक्सोका बिरामीलाई बढी जोखिम

जनता टेलिभिजनका अध्यक्ष विजय पौडेल पक्राउ

राष्ट्र बैंकका गभर्नर र सञ्चालकको कार्यकाल ३ वर्षमा झार्ने सहमति

डेंगु संक्रमण रोक्न पर्वतमा ‘डेंगु खोजौँ र नष्ट गरौँ’ अभियान

अख्तियारका पदाधिकारीसँग रास्वपा सांसदको चासो- प्रधानमन्त्री कार्यालयबाट मुद्दा चलाउन दबाब आएको हो ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu