ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भूकम्पको बेला उद्धारमा सघाउने चिनियाँ स्वयम्सेवक टोली सम्मानित


admin
१२ बैशाख २०७५, बुधबार   ३ : ५९   बजे

काठमाडौँ, १२ वैशाख। गोरखा केन्द्रविन्दु भएर आजभन्दा ठीक तीन वर्षअघि (२०७२ वैशाख १२ गते) गएको भूकम्पपछिको उद्धार, राहत र उपचारमा संलग्न चिनियाँ स्वयम्सेवक टोलीलाई आज यहाँ सम्मान गरिएको छ ।

साइनो नेपाल मिडिया सोसाइटीद्वारा आज आयोजित समारोहमा सांसद एवम् नेकपा (एमाले)की नेत्री रामकुमारी झाक्रीले उहाँहरुलाई सम्मान गर्नुभयो । गोरखा केन्द्रविन्दु भएर गएको उक्त भूकम्पबाट आठ हजार ९७९ जनामा परी ज्यान गएको थियो भने २२ हजारभन्दा बढी व्यक्ति घाइते भएका थिए । भूकम्पबाट सम्पदा, सार्वजनिक भवन तथा निजी आवासमा क्षति पुगेको थियो ।


उक्त भूकम्प भएलगत्तै चिनियाँ स्वयम्सेवक टोली नेपाल आई गोरखा, भक्तपुर र काभ्रेसहितका जिल्लामा उद्धार र राहतमा जुटेको थिए । भूकम्पबाट मुलुकका १४ जिल्ला बढी प्रभावित भएका थिए ।

समारोहमा सांसद झाँक्रीले नजिकको छिमेकीको हैसियतले भूकम्पको चपेटामा परेको नेपाली जनतालाई चीनबाट भएको सहयोगप्रति नेपाल सरकार र संसद्का तर्फबाट धन्यवाद ज्ञापन गर्नुभयो । पछिल्लो समय चीनले विकास र समृद्धिका क्षेत्रमा गरेको प्रगतिबाट नेपाले पनि लाभ लिन चाहेको बताउँदै उहाँले दुई देशबीच हुने भ्रमण आदान–प्रदानले जनस्तरमा सम्बन्ध विस्तार गर्न योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

चाइना कल्चर सेन्टर नेपालका निर्देशक इङ खुन सोङले चीन नेपालको एउटा असल मित्र हुनुका नाताले भूकम्पको समयमा सक्दो सहयोग पु¥याएको स्मरण गर्दै चीन सधँै नेपालको उन्नति र प्रगति होस् भन्ने चाहन्छ भन्नुभयो ।

स्वयमसेवी टोली नेता छाइ फङले भूकम्पमा परेर आत्तिरहेका नेपालीलाई सहयोग गर्न अत्यावश्यक सामग्रीसहित उपचार, राहत र उद्धारमा जुटेको बताउनुभयो ।

नेपाल पर्यटन बोर्डका निर्देशक आदित्य बरालले नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटक र हवाई उडानको संख्यामा पनि वृद्धि हँुदै गएको जानकारी दिनुभयो ।

आयोजक संस्था मिडिया सोसाइटीका अध्यक्ष धु्रव पौडेलले संस्थागत र जनस्तरमा हुने यस्ता कार्यक्रमले दुई देशबीचको सम्बन्ध विस्तार गर्न निकै ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group