संखुवासभा, २७ बैशाख । संखुवासभाको खाँदबारी नगरपालिका वडा नं.९ तुम्लिङटार नजिकै अरूण नदिमा डुबेर एक जनाको मृत्यु भएको छ ।
मृत्युु हुनेमा बर्ष ४५ की मैया राई (बि.क.) रहेको प्रहरीले जनाएको छ । गत २५ गते बेलुकाबाट उनकै घरबाट हराई बेपत्ता भएकि उनी २६ गते बेलुकी ७ बजे तिर आफन्तहरूले खोजतलास गर्दै जादा अरूणनदिको तुर्केघाट स्थित किनारामा मृत अवस्थामा फेला पारेको संखुवासभाको प्रनाउ सन्तोष खडकाले बताए ।
उक्त घटनाको खबर प्राप्त हुनसाथ प्रहरी टोली खटीगई कानुनी प्रकृया पुरा गरी मृतकको लाश पोस्टमार्टमको लागि जिल्ला अस्पताल ल्याएको र घटनाको अनुसन्धान भई रहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्