काठमाडौं, २९ वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पशुपतिनाथ मन्दिरको आगन्तुक पुस्तिकामा फेरि एक पटक पशुपतिनाथको दर्शन गर्न पाउँदा खुसी लागेको बताएका छन्।
शनिबार पशुपतिनाथ मन्दिरको आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्दै प्रधानमन्त्री मोदीले पशुपतिनाथको मन्दिर भारत र नेपालका हिन्दु धर्मावलम्बीको साझा धार्मिक विरासतको प्रतिक भएको बताएका छन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पशुपतिनाथ मन्दिरमा करिब ४५ मिनेट रुद्राभिषेकसहित पञ्चामृत पूजा गरेका थिए।
मोदीलाई संस्कृति पर्यटन तथा नागरिक उड्यानमन्त्री रविन्द्र अधिकारीले पशुपतिनाथ मूर्तिसहितको फ्रेम उपहार दिए।
नेपाल भ्रमणको दोस्रो दिन शनिबार बिहानै मुक्तिनाथ मन्दिर पुगेर दर्शन र पूजाआजा गरेका थिए। लगत्तै हेलिकोप्टरबाट काठमाडौं आइपुगेका मोदीको साढे ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओलिएर पशुपतिनाथ मन्दिर पुगेका थिए।
प्रतिक्रिया दिनुहोस्