पोखरा, १ असार । पोखराको फिर्के खोलामा फुट ट्रयाक निमार्णका लागि पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले स्काभेटर चलाउन खोज्दा ५ जना घाइते भएका छन् ।
मेयर जिसीले उद्घाटन गर्दै गरेको फोटो खिच्दै गरेका पत्रकार र स्थानीयलाई स्काभेटरले रेलिङसहित मान्छे सोरेर खोलाको किनारमा पुर्याएको हो ।
दुर्घट्नामा पत्रकार महासंघ कास्कीका कार्यसमिति सदस्य पत्रकार रंञ्जन अधिकारी, रेडियो अन्नपूर्णका संवाददाता सन्देश श्रेष्ठ, प्रगति आमा समूहकी गौरी पौडेललगायत ५ जना घाइते भएका हुन् ।
घाइते गौरी पौडेलको पोखराको मेट्रो सिटी अस्पतालमा उपचार भइरहेको छ । पत्रकार अधिकारी उपचारपछि घर फर्केका छन् । अन्य ३ जना भने सामान्य घाइते भएका हुन् ।
पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ५ को आयोजनामा भएको पहिलो चरणमा ३ सय मिटर हुने पोखरा ५ का वडा अध्यक्ष धनबहादुर नेपालीले बताए । पहिलो चरणमा १ करोड ७२ लाखमा तीन सय मिटर पैदलमार्ग बन्न लागेको हो ।
प्रतिक्रिया दिनुहोस्