काठमाडौँ, २ असार । गृहमन्त्री रामबहादुर थापाले भ्रष्टाचार, तस्करी, अपराध र एकाधिकारको अन्त्यका लागि मन्त्रालयले ठोस कदम चालिसकेको बताउनुभएको छ ।
शुक्रवार मगर समुदायको पवित्र चाड भूमे (भूमिया) का उपलक्ष्यमा आयोजित कार्यक्रममा गृहमन्त्री थापाले जनताको रगत पसिनाबाट जम्मा भएको राजश्वको सदुपयोगका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
सोही अवसरमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले मगर समुदायका ऐतिहासिक –सांस्कृतिक चार्डपर्वलाई संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । खानेपानीमन्त्री विना मगरले नेपालमा भएका हरेक परिवर्तनका आन्दोलनमा मगर समुदायले निर्वाह गरेको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । नेपाल मगर संघका अध्यक्ष नवीन रोक्काले आदिवासी जनजाति समुदायले मनाउँदै आएको चाडपर्वका अवसरमा दिइएको बिदालाई सरकारले कटौती गरेकामा गुनासो गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्