ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मेसीले पनि ह्याट्रिक गोल गर्लान् ? विश्वकपको दावेदार टिमविच आज पनि भिडन्त हुने


एबीसी न्यूज
२ असार २०७५, शनिबार   ९ : ५२   बजे

 -एजेन्सी  विश्वकप फुटबल अन्तर्गत आजका खेल पनि समर्थक तथा खेलाडीको मुट हल्लाउने छन् । मुटु हल्लाउने यस अर्थमा कि आज हुने खेलमा विश्वका उत्कृष्ट खेलाडी छन् । विश्वकपको दावेदार टिमविच आज पनि भिडन्त हुने छ । त्यो भिडन्त हेर्न समर्थक निकै प्रतिक्षामा छन् ।

आज सबैभन्दा बढि ध्यान दुइ पटकको विश्वकप विजेता अर्जेन्टिना र आइसल्याण्डको खेलमा हुने छ । यी दुइ टिमविच रोमाञ्चक प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ ।

यी दुइ टिमको खेल रोमाञ्चक हुनुको मुख्य कारण आज लियोनल मेसीले खेल्नु पनि हो । फुटबलका स्टार मेस्सीको यो संस्करणको पहिलो खेल हेर्न समर्थक साझँ ६ः४५ को बेग्र प्रतिक्षामा छन् ।

मेस्सीका समर्थक अत्यधिक छन् । उनले आज कस्तो प्रदर्शन गर्लान भन्नेमा धेरैको चाँसो छ । हिजो मात्रै अर्का स्टार रोनाल्डोले पहिलो खेलमै ह्याट्रिक गरेपछि मेस्सीले पनि उत्कृष्ट नै खेल्लान् भन्ने फुटबल समर्थकको आशा छ । अर्जेन्टिना तथा समर्थकको आशा जिवीत राख्न मेस्सी आज मैदान उत्रने छन् ।

मेस्सीको टिमसँग आज जनसंख्याको हिसाबले सबैभन्दा सानो देश आइसल्यान्डले खेल्ने छ । उसले पहिलो पटक विश्वपकमा डेब्यु गर्न लागेको हो ।

आइसल्यान्ड त्यही टोली हो, जसले दुई वर्षअघि आफ्नो ‘डेब्यु’ प्रतियोगिता युरोकपमा सनसनीपूर्ण प्रदर्शन गरेको थियो । समूहगत चरणको पहिलो खेलमै पोर्चुगललाई १-१ को बराबरीमा रोकेको आइसल्यान्डले प्रिक्वाटरफाइनलमा त इङ्ल्यान्डलाई नै पराजित गरेको थियो ।

त्यसपछिको पहिलो ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिताका रूपमा रुस विश्वकपको तयारीमा जुटेको आइसल्यान्डले अर्जेन्टिनाविरुद्ध अप्रत्याशित नतिजा निकाल्न सक्ने सम्भावनालाई पनि नकार्न सकिँदैन ।

त्यो नतिजाले विश्वकपको उपाधि जित्दै पछिल्लो पुस्ताका महान् फुटबलरका रूपमा दर्ज हुने लियोनल मेसीको अन्तिम प्रयासमाथि पनि ठूलो धक्का दिन सक्छ ।

क्लब फुटबलमा बार्सिलोनाबाट कुनै पनि कीर्तिमान आफ्नो नाममा ल्याउन बाँकी नछोडेका मेसी उमेर र राष्ट्रिय टोलीबाट निरन्तरको असफलताका कारण सम्भवतः आफ्नो अन्तिम विश्वकप खेल्दैछन् ।

ब्राजिलमा भएको गत २०औं विश्वकपमा उनले नै अर्जेन्टिनालाई फाइनलसम्म पुर्‍याएका थिए । तर, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित मेसीले देशलाई उपाधि भने दिलाउन सकेनन् । अर्जेन्टिना फाइनलमा जर्मनीसँग १-० गोलले पराजित भएको थियो ।

विश्वकपको उपाधि जित्ने मेसीको अन्तिम प्रयासले सहज बाटो लिन्छ वा आइसल्यान्डले युरोकपको सनसनीपूर्ण प्रदर्शनलाई दोहोर्‍याउँदै मेसीलाई निराश पार्नेछ, यही खेलले टुंगो लगाउनेछ ।
त्यसका लागि यी दुई टोलीले विश्वकपको तयारीस्वरूप खेलेका पछिल्ला खेलको नतिजा पनि महत्वपूर्ण हुनेछ । अर्जेन्टिनाले विश्वकपमा स्थान पक्का गरेपछि खेलेको पछिल्ला पाँचमध्ये केवल तीन खेलमा जित हात पारेको छ ।

अर्जेन्टिना आफ्नो पछिल्लो दुई खेलमध्ये नाइजेरियासँग ४-२ र स्पेनसँग ६-१ गोलको भारी अन्तरले पराजित भएको थियो । यी दुई खेलले अर्जेन्टिनी टोलीको रक्षापंक्तिको कमजोरी उजागर गरिदिएको छ । विश्वकपमा छनोट भएयता आइसल्यान्डको प्रदर्शन पनि खासै गतिलो छैन ।

आइसल्यान्डले रुस विश्वकप छनोट पक्का गरेपछि खेलिएको पछिल्ला सातमध्ये केवल एक खेलमा जित हात पारेको छ । यी दुई टोलीबीच भने यसअघि कुनै पनि प्रतियोगितामा भेट भएको छैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group