ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अरुण तेस्रोको सुरुङ खन्ने क्रममा हराएका चारजनाको अवस्था अज्ञात : पुरिएको स्थानमा ६ वटा स्काभेटर र डोजर प्रयोग


एबीसी न्यूज
३ असार २०७५, आइतबार   ८ : १२   बजे

संखुवासभा– अरुण तेश्रो जलविद्युत आयोजनाको सुरुङ खन्ने क्रममा संखुवासभाको मकालु गाउँपालिकाको फ्याक्सिन्दामा पुरिएका ४ जना मजदुर भेटिएका छैनन् । शनिबार दिउसोबाट उनीहरुको खोजी थालिएपनि भीरबाट धेरै माटो र ढुंगा सहितको पहिरो झरेकाले कठिनाई भएको प्रहरीले जनाएको छ । घटनास्थलमा ६ वटा स्काभेटर र डोजर प्रयोग गरिएको छ ।

खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयबासिन्दा खटिएका छन् । नुमको फ्याक्सिन्दामा निर्माण भइरहेको अरुण तेश्रोको सुरुङ खन्ने क्रममा शुक्रबार राति पौने ९ बजे पहिरो झरेको थियो । सुरुङमा पुरिएर कालिकोटको सिउना गाउ“पालिका ४ का प्रदीप शाही, जुम्ला चन्द्रनाथ नगरपालिका १ का प्रेम परियार तथा भारत झारखण्डका बुधन मुण्डा र भारत बिहारका नन्द किसोर बेपत्ता भएका हुन् ।

सुरुङमा बिस्फोट गराईसकेपछि सफा गर्न गएका उनीहरु पहिरोमा फसेका थिए । खोजीमा खटिएका सुरक्षाकर्मीका अनुसार पहिरो हटाउन निकै समय लाग्नेछ । संखुवासभाका प्रहरी नायव उपरीक्षक श्यामकुमार सारु मगरले पहिरो हटाउन समय लाग्ने भए पनि सुरुङको प्रबेश मार्गमात्र खोल्न सके उनीहरुको अवश्थाका बारेमा थाहा पाइने बताउनुभयो । बाहिरी भागमात्र पहिरोले थुनिएकाले जीवितै उद्धार हुनसक्ने सम्भावना रहेको उहाँको भनाई छ । घटनास्थलमा एम्बुलेन्स र अक्सिजन सहित स्वास्थ्र्यकर्मी पनि खटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

संसद्मा उठेका सांसदका प्रश्नको जवाफ दिन सरकारले सुरु गर्‍यो विशेष संयन्त्र

फ्लूका कारण पूर्वमुमाबडामहारानी रत्नराज्यलक्ष्मी शाह अस्पताल भर्ना

सम्बन्धित

 नेपालगन्जका दुई स्पाबाट तीन सञ्चालक पक्राउ, सात किशोरीको उद्धार

तीन वर्षीया गरिमाको हत्या : कानुन कडा बनाउने कि समाज बदल्ने ?

आजको विदेशी मुद्राको विनिमयदर : डलर १५३ रुपैयाँ ५० पैसा

उद्योग तथा वाणिज्य समितिमा मन्त्री र सचिव

किसानलाई दूधको भुक्तानी समयमै दिन सरकारका नाममा सर्वोच्चको परमादेश

लगातार रिल्स स्क्रोल गर्दा मस्तिष्कको आत्मनियन्त्रण प्रणालीमा असर पर्न सक्ने अध्ययनको निष्कर्ष

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu