ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठक आज बस्दै


एबीसी न्यूज
३ असार २०७५, आइतबार   ८ : २५   बजे

काठमाडौं, ३ असार । संघीय संसद्को संयुक्त बैठक आइतबार बस्दै छ ।

प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक अपराह्न चार बजे बस्न लागेको हो । यसअघि जेठ २८ गते संयुक्त बैठक आह्वान भए पनि प्रक्रियागत त्रुटि भएको भन्दै अन्तिम समयमा सूचना टाँसेर स्थगित गरिएको थियो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिस अनुसार संयुक्त बैठक आह्वान गर्नु भएको हो ।

संयुक्त बैठक सञ्चालनसम्बन्धी नियमावली नबनेको र कार्यविधि पनि स्पष्ट नभएको अवस्थामा जेठ २८ गते सूचनामार्फत बैठक बोलाइएको थियो । यसअघि अभ्यास गरिएको बैठकबाट सूचना दिने प्रक्रिया समेत नपुगेकाकाले विशेष कारण भन्दै बैठक स्थगित गरिएको थियो । तर कार्यविधि स्पष्ट नभएपछि सरकारले संविधानको धारा ९३ को व्यवस्था अनुसार संयुक्त अविधेवेशन आह्वानका लागि राष्ट्रपतिलाई सिफारिस गरेको थियो ।

सांसद् कृष्णभक्त पोखरेल सभापति रहेको समितिले तयार पारेको संयुक्त सभा तथा समिति सञ्चालन नियमावली आइतबार नै पारित गर्ने तयारी छ ।

नियमावली अनुसार संयुक्त सदनका सदस्य प्रतिनिधित्व रहने गरी दुई समिति गठन हुनेछन् । जसमा राज्यका नीति निर्देशक सिद्धान्त कार्यान्वयन तथा अनुगमन समिति रहनेछ । यस्तै, संसदीय सुनुवाइ समितिमा दुबै सदनका सदस्य रहनेछन् । सुनवाइ समितिमा १२ सदस्य प्रतिनिधिसभा र ३ सदस्य राष्ट्रियसभाबाट प्रतिनिधित्व हुनेछ ।

यस्तै, नियमावलीमा संयुक्त बैठक सञ्चालनको कार्य्विधि पनि समेटिएको छ । जसमा बैठकको अध्यक्षता लगायतका विषय पनि समेटिएका छन् ।

यसअघिको अभ्यास अनुसार नै संयुक्त बैठकको अध्यक्षता प्रतिनिधिसभा सभामुखले गर्नुहुनेछ । यस्तै, संयुक्त नियमावलीमा दुबै सदनबाट निक्र्यौल हुनुपर्ने जनमतसंग्रहको प्रक्रिया पनि समेटिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group