ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पत्रकार राजबंशीको मृत्यु रहश्यमय


sharan sharan
५ असार २०७५, मंगलबार   ३ : ३९   बजे

नेपालगन्ज, ५ असार ।

नेपालगन्ज स्थित सिंग्नेट कृष्णा होटलमा सोमबार मध्यराती पत्रकार अनुपासिंह राजवंशीको रहश्यमय मृत्यु भएको छ ।
होटलले आयोजना गरेको स्विमिङ पुल डान्स पार्टीमा साथीहरुसँग डान्स गर्ने क्रममा लडेकी पत्रकार राजवंशीलाई बेहोस भएको केहि समयमा मृत घोषणा गरिएको थियो । बेहोस भएकी राजबंशीलाई उपचारका लागि अस्पताल लैजानुपर्नेमा केहि समय होटलकै एक कोठामा राखिएको प्रत्यक्षदर्शीले बताएकाछन् । समयमा उपचार नपाएका कारण अनुपाको मृत्यु भएको अनुमान गरिएको छ । अचेत अवस्थामा रहेको करीव १ घण्टा पछि मात्र उपचारकालागि स्थानीय नेपालगञ्ज शिक्षण अस्पतालमा लगिएकोमा अस्पताल पुगे लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।
प्रहरीले मृतक पत्रकार सिंहको शव आजै परीक्षणका लागि भेरी अञ्चल अस्पताल पठाई घटनाबारे अनुसन्धान शुरु गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बांकेका प्रवक्ता नायब प्रहरी उपरिक्षक राजेन्द्र अर्यालले घटनाबारे अनुसन्धान भइरहेको र परीक्षणपछि नै मृत्युका बिषयमा बताउन सकिने प्रतिक्रीया दिएकाछन् । प्रहरीका अनुसार शव परिक्षण पश्चात पत्रकार राजवंशीको शव आफन्तलाई बुझाइनेछ ।
होटल सिग्नेट संचालन भएदेखि नै पटक पटक बिबादीत हुने गरेको छ । केहि महिना पहिले सामुहिक बलात्कार भएको घटना सार्वजानीक भएको थियो भने होटल माथि सरकारी जग्गा अतिक्रमण गरेको समेत आरोप लाग्ने गरेको छ ।  स्थानीय प्रशासनले राती ९ : ३० बजे सम्म कार्यक्रम गर्ने स्विकृति दिएपनि सिग्नेटमा मध्य रातीसम्म डान्स पार्टी चलिरहेको थियो ।

स्थानीय खजुरा गाउँपालिका निवासी २४ वर्षीया पत्रकार राजवंशी नेपालगञ्जस्थित बागेश्वरी केबल टेलिभिजन र बागेश्वरी एफ एममा समाचार वाचिकाको रूपमा काम गर्थिन । ४ महिनाअघि मात्र उनले स्थानीय सञ्जय श्रेष्ठसँग विवाह गरेकी थिइन् । बिबाह गर्दा अर्कै होटलमा कार्यरत रहेपनि केहि महिना देखि राजबंशीका श्रीमान श्रेष्ठले समेत होटल सिग्नेटमा काम गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

नेकपाको केन्द्रीय कमिटी बैठक नवस्दा सदस्य नै भुमिका विहिन बनेको गुनासो (भिडियोसहित)

जनकपुर अंचल आयुर्वेद औषधालयका कार्यालय प्रमुखकै मिलेमतोमा व्यापक अनियमितता (भिडियोसहित)

पाल्पा संग्राहलय : सामाग्री संरक्षण अभावमा अलपत्र बन्दै (भिडियोसहित)

नेपालमा सडक दुर्घटना हुनुका प्रमुख कारणमा सडकको प्राविधिक अवस्था, चालकको लापरवाही (भिडियोसहित)

बाँकेको आधुनिक बसपार्क सम्पन्न नहुँदा यात्रुदेखि स्थानीयसम्मलाई सास्ती ( भिडियाेसहित)

रुपन्देहीको बेलबासबाट चरेस पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group