ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेकपाको केन्द्रीय कमिटी बैठक नवस्दा सदस्य नै भुमिका विहिन बनेको गुनासो (भिडियोसहित)


एबीसी न्यूज
१२ माघ २०७६, आइतबार   १ : ४७   बजे

काठमाडौं, १२ माघ ।   नेपाल कम्यूनिष्ट पार्टी नेकपाको आसन्न केन्द्रीय कमिटी बैठकका निम्ति नेताहरु तयारी गरिरहेका छन् । केन्द्रीय कमिटी बैठकमा संगठनात्मक एकतालाई टुंग्याइ पार्टीलाई जीवन्तता दिने, वैचारिक विषयमा छलफल गर्ने सचिवालय र स्थायी कमिटीका निर्णयलाई अनुमोदन गर्ने विषयमा छलफल हुने नेताहरुको भनाई छ । केन्द्रीय सदस्यहरुले पार्टी नेतृत्वलाई खुलेर सुझाव र टिप्पणी गर्नुपर्ने र पार्टीलाई सशक्त बनाउनुपर्नेमा जोड दिदै आएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को केन्द्रीय कमिटी बैठक माघ १५ गतेदेखि शुरु हुँदैछ । पार्टी एकिकरणपछि पहिलोपल्ट निर्वाचन आयोगमा दर्ता गर्दाको बखत केन्द्रीय कमिटी सदस्यको सपथ गराउन र औपचारिकता पुरा गरेर आयोगमा दर्ता गर्नको निम्ति केन्द्रीय कमिटी बैठक बसेको थियो । पार्टी एकिकरणको दुई वर्ष पुरा भइसक्दा पनि केन्द्रीय कमिटी बैठक बस्न नसकेको भन्दै पार्टी भित्र तिव्र आलोचना र टिप्पणीहरु भइरहेका थिए । दोस्रो पटक बस्न लागेको केन्द्रीय कमिटीको यस बैठकलाई निकै महत्वका साथ हेरिएको छ ।

यो बैठकले पार्टीलाई गतिशिलता दिने नेताहरुले बताइरहेका छन् । अधिकारसम्पन्न केन्द्रीय कमिटीको बैठक बस्न नसक्दा नेकपामा सचिवालयले आजसम्म निकै नै महत्वपूर्ण र दुरगामी असर पर्ने निर्णयहरु गर्दै आएको छ । सचिवालयले गरेका निर्णय स्थायी कमिटी बैठकमा छलफल भएका हुन् तर ति सबै निर्णयहरुलाई केन्द्रीय कमिटीमा छलफल गरी अनुमोदन गर्नुपर्ने हुन्छ । खासगरी केन्द्रीय कमिटी सदस्यहरु गाउँगाउँमा छन् । जनतासँगको सम्बन्ध र दैनिकीमा माथिल्लो नेताहरुभन्दा उनीहरु परिचित छन् ।

तल्लो तहमा नेकपाको गतिविधि कस्तो भइरहेको छ ? पार्टीबाट नेता, कार्यकर्ता र जनताले के चाहिरहेका छन् ? उनीहरुले नेतृत्वलाई भन्न नपाएको गुनासो गर्दै आइरहेका छन् भने कतिले त केन्द्रीय कमिटी सदस्य नै भुमिका विहिन भएको भन्दै दुखेसो पनि पोख्दै आएका छन् । यस्तो अवस्थामा शिर्ष नेतृत्वहरुले केन्द्रीय सदस्यहरुको कुरा सुनेर पार्टीको आगामी कार्यदिशा बनाउने र पार्टीलाई अझै गतिशिल बनाउनको निम्ति यो बैठक ऐतिहासिक र महत्वपूर्ण हुने अपेक्षा गर्न सकिन्छ । विशेषगरी समसामयिक राजनीति र अध्यक्षद्धयको प्रतिवेदनमै बैठक केन्द्रीत हुने नेकपाका स्थायी कमिटी सदस्य छविलाल विश्वकर्मा बताउँछन् ।

नेकपामा वैचारिक विषयमा पनि पछिल्लो समय मतान्तर देखिएको छ । गत स्थायी कमिटी बैठकमा नै यसको झल्को देखिइसकेको छ । केन्द्रीय कमिटी बैठकमा वैचारिक विषयमा पनि छलफल हुन सक्ने नेताहरुले आँकलन गरेका छन् । वर्षौदेखि ढिलो भइरहेको पार्टी एकताको कामलाई पूर्णता दिने र सरकारको कामको प्रभावकारीताको विषयमा पनि छलफल हुने नेताहरु बताउँछन् ।

साढे चार सय केन्द्रीय सदस्य सहभागी हुँदा सबैले छलफलमा भाग लिन पाउँछन् त ? कि बैठक औपचारिकताजस्तो मात्रै बन्ने हो ? भन्नेमा नेताहरु नै सशंकित छन् ।

प्रशस्त समयको माग पनि गरिरहेकै छन् । त्यसो त सचिवालयले गरेका कयौँ निर्णयहरु पार्टी विधान विपरित भएको भन्दै आलोचना हुने गरेको छ, ति सबै निर्णय केन्द्रीय कमिटीमा अनुमोदन हुन आउनेछन् । नेताहरुले सबै निर्णय सहजै पास गराउन दिन्छन् या दिदैनन् यो विषय पनि रोचक बन्ने छ । यसका अलावा सचिवालयमा देखिएको असहमती र असमझदारीहरु केन्द्रीय कमिटीमा देखिने खतरा पनि छ । सबै विषयमा केन्द्रीय कमिटी सदस्यले कुनै शिर्ष नेताको प्रभाव र दबाबमा नपरी राख्नुपर्ने स्थायी कमिटी सदस्य रघुजी पन्त बताउँछन् ।

कतिपय केन्द्रीय सदस्यहरु सचिवालय र स्थायी कमिटीकै एजेण्डाहरु केन्द्रीय कमिटी बैठकमा आउँने बताउँछन् । आफ्ना भावना र विचार माथिल्लो तहकै बैठकमा समेटिएको उनीहरुको तर्क छ । यद्यपी, आउने प्रतिवेदनमा आवश्यक थपघटका लागि सुझाव दिने तयारी उनीहरुको छ ।

केवल औपचारिकताको निम्ति होइन, पार्टीलाई गतिशिलता प्रदान गर्न, पार्टीलाई जिवन्त बनाउन र केन्द्रीय कमिटीलाई अधिकार सम्पन्न गराउनको निम्ति यो बैठक ऐतिहासिक बनाउन नेतृत्व तहले सोच्नुपर्छ । केन्द्रीय सदस्यहरुले पनि ग्राउन्डको बास्तविकतासहित शिर्ष नेतृत्वमाझ आफ्नो विचार र सुझाव खुलस्त राख्न सक्नुपर्छ । बैठक कसरी अघि बढ्नेछ त्यो भने हेर्न बाँकी नै छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

सम्बन्धित

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

मृत व्यक्तिले अदालतमा बोले, हत्यारालाई क्षमा गरे !

बालेनले सच्याए सीमा विवादबारेको अभिव्यक्ति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group