ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मधु मरासिनीका टप फाइभ काम : १ बिलियन डलरको लगानी भित्राउनेदेखि चोरिएका मूर्ती फिर्ता गराउनेसम्म


abc news
३१ असार २०७५, आइतबार   ७ : ३४   बजे

सरकारले न्युयोर्कमा रहेको नेपाली कन्सुलेट जनरलको कार्यालयमा कन्सुल जनरल पद खारेज गरेर सोही पदमा रहनुभएका मधु मरासिनीलाई फिर्ता बोलाउने निर्णय गरेको छ । कन्सुलेट अफिस नै खारेज नभई कन्सुल जनरलको पदमात्र खारेज गरिएको जानकारीमा आएको डेपुटी कन्सुल जनरल पुष्प भट्टराईले जानकारी दिनुभयो ।

“कन्सुल जनरलको पद खारेज गर्ने सरकारी निर्णय थाहा भयो । तर यसबारे आधिकारिक रुपमा भने हामीलाई कुनै जानकारी प्राप्त भएको त छैन ।”-  डेपुटी कन्सुल जनरल भट्टराईले भन्नुभयो । मन्त्रीपरिषद्को आइतबारको बैठकले न्युयोर्क कन्सुलेटमा रहेको कन्सुल जनरलको पद खारेज गर्ने निर्णय गरेको जनाइएको छ ।

न्युयोर्कमा कन्सुल जनरलका रुपमा नियुक्त भएर आएदेखि मधुकुमार मरासिनीले नेपालको ब्यापार र पर्यटन प्रवद्र्धनको क्षेत्रमा निकै उल्लेख्य काम गर्नुभएको थियो । यस अगाडि पासपोर्ट र भिसाको कामलाई मात्र प्राथमिकता दिदै आएको कन्सुलेट कार्यालयले मरासिनीको कार्यकालमा भने पर्यटन र ब्यापार प्रवद्र्धनका विभिन्न उपलब्धिमुलक कामहरु गरेको थियो ।

अमेरिकन राजनीतिज्ञहरुसँगको भेटघाटमा नेपालीहरुको हितबारे छलफल गर्नेदेखि पर्यटन प्रवद्र्धनका लागि न्युयोर्क टाइम्सको ट्राभल शोमा समेत बोल्न पुगेका मरासिनीले अँग्रेजी र स्पानिस भाषामा नेपालको पर्यटनबारे ब्रोसर प्रकाशित गरेर नेपालबारे रुची हुने गैर नेपालीहरुमाझ पुर्याएका थिए । नेपालमा अमेरिकन लगानी भित्राउने सन्दर्भमा समेत मरासिनीले विभिन्न उच्चस्तरीय कार्यक्रमहरुमा सहभागिता जनाएका छन् । साथै उनले कन्सुलेट जनरलको ब्राण्ड न्यू वेवसाइट समेत सुरुवात गरेका छन् ।

पर्यटन र ब्यापार प्रवद्र्धनका क्षेत्रमा उल्लेख्य योगदान दिन सफल हुँदाहुँदै पनि न्युयोर्क कन्सुलेटमा कन्सुल जनरलको पद खारेज गरिएकोमा भने अमेरिकामा बस्ने नेपालीहरुले आश्चर्य मानेका छन् । निकै उत्साहपूर्व तरिकाले काम गरिरहेका मधु कुमार मरासिनीलाई फिर्ता बोलाउने सरकारी निर्णयबाट नेपालको पर्यटन र ब्यापार प्रवद्धनका क्षेत्रमा काम गर्न खोज्नेहरुलाई समेत दुरुत्साहन भएको छ । यद्यपी नेपालको ब्यापार र पर्यटनको क्षेत्रमा मरासिनीको सकृयताका कारण उनी अमेरिकामा रहेका नेपालीमाझ कामकाजी कन्सुल जनरलको छबी बनाएर फर्कने भएका छन् ।

विश्वमै नेपालमा पर्यटक भित्रिने मुलकमा अमेरिका तेश्रो स्थानमा रहेको छ भने अमेरिकाबाट नेपालमा वैदेशिक लगानीको समेत उच्च सम्भावना रहेको छ ।

न्युयोर्कमा कन्सुल जनरलको पदमा रहँदा निकै सकृय र कामकाजी अधिकारीको छबी बनाएका मरासिनीले एकबर्ष नपुग्दै गरेका टप फाइभ कामहरु यस्ता छन् । अमेरिकाबाट १ बिलियन डलरको प्रत्यक्ष लगानी भित्राउनेदेखि चोरिएकामूर्ती फिर्ता गराउनेसम्मका उल्लेखनीय काम गरेका मधु मरासिनीका टप फाइभ काम हामीले सुचिकृत गरेका छौं ।

१, मूर्ती फिर्ता गराउन पहल :

नेपालबाट चोरी भई न्युयोर्कमा ल्याइएका झण्डै ८ सय बर्ष पूराना मूर्तीहरु नेपाल सरकारलाई फिर्ता दिलाउनेमा कन्सुल जनरल मधु मरासिनीले उल्लेख्य पहल गरेका थिए । नेपाल सरकारका महावाणिज्यदूत मधुकुमार मरासिनी र म्युजियमका अध्यक्ष डानियल एच विसले मुर्तीहरु फिर्ता गर्ने विषयमा सहमतिपत्रमा हस्ताक्षर गरेपछि ती मूर्तीहरु नेपालमा नै लगेर नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो । टंगालहिटी पाटनमा रहेको उमा महेश्वरको मूर्ति र यट्खाटोल काठमाडौमा रहेको बुद्धको पूर्णकदको मूर्ति सन् १९८० को दशकमा चोरी भएका थिए । तीमध्ये उमा महेश्वरको मूर्ती १२ औंदेखि १३ औं शताब्दीमा निर्माण भएको र बुद्धको ११ औंदेखि १२ औं शताब्दीमा निर्माण गरिएको विश्वास गरिएको छ ।

२, प्रचारप्रसार र पकाशन :

न्युयोर्कमा कन्सुल जनरलका रुपमा नियुक्त भएर आएदेखि मधुकुमार मरासिनीले नेपालको ब्यापार र पर्यटन प्रवद्र्धनका लागि प्रकाशन र प्रचारका क्षेत्रमा निकै उल्लेख्य काम गरे । उनले कन्सुलेट जनरलको ब्राण्ड न्यू वेवसाइटको सुरुवात गरे भने अँग्रेजी र स्पानिस भाषामा नेपालको पर्यटन प्रवद्र्धनका लागि ब्रोसर तयार पारेर सम्बन्धितहरु समक्ष पुर्याए । न्युयोर्क टाइम्सको ट्राभल शोमा सहभागी भएर नेपालबारे विश्वमाझ बोल्नुका साथै अन्य अन्तर्राष्ट्रिय मिडियाहरुमा समेत नेपालको पर्यटन प्रवद्र्धनका लागि प्रचारात्मक कामहरु गरे ।

३, छलफल र अन्तरकृया :

मरासिनीले पर्यटन प्रवर्धनका लागि विभिन्न कार्यक्रमको आयोजना गर्नुका साथै सम्बन्धित व्यक्तिसँगको भेटघाट र अन्तरकृयालाई तीब्र पारे । ब्यापार, व्यवसायका क्षेत्रमा अमेरिकी मुलधारमा रहेका नेपाली मुलका व्यक्तिहरुलाई खोजीखोजी भेट्दै नेपालको ब्यापार र पर्यटन प्रवद्धनका लागि काम गर्न आग्रह गर्नेदेखि नेपालबारे चासो राख्ने गैर नेपालीहरुमाझ समेत नेपाली पर्यटनको प्रवद्र्धनमा उल्लेख्य भूमिका खेले । न्युयोर्कको ज्याक्सनहाइटमा पर्यटन प्रर्बद्धनबारे विशेष अन्तरकृया कार्यक्रम गर्नुका साथै न्युयोर्कमा रहेका विदेशी कन्सुलहरुसँग पनि भेटघाट र अन्तरकृया गर्नेमा मरासिनी सकृय रहे । बिजनेश काउन्सिल फर इन्टरनेशनल अण्डरस्टाण्डींग अन्तरगतको कन्सुल जनरलहरुसँगको भेटघाटमा ग्लोबल बिजनेशका बारेमा छलफल भएको थियो । मरासिनीले हार्भर्ड विश्वविद्यालयका विद्यार्थीमाझ पनि अन्तरकृया कार्यक्रम गरेका थिए । त्यो बाहेक उनले ब्यापार र पर्यटनसँग सम्बन्धित व्यक्तिहरुसँग छुट्टै भेटघाट र अन्तरकृया पनि तीब्र पारेका थिए । प्यासेफिक एसिया ट्राभल एसोसिएसन पाटासँगको सहकार्यमा कैयन कार्यक्रम गरे ।

४, राजनीतिज्ञहरुसँग नेपालीका हितबारे छलफल :

अमेरिकन राजनीतिज्ञमाझ नेपालीका हितबारेको छलफललाई पनि महाबाणिज्यदूत मधुकुमार मरासिनीले तीब्र पारे । जर्सी सिटी काउन्सिल अध्यक्षदेखि अमेरिकी राजनीतिज्ञ पिटर किङसम्मलाई भेटेर मरासिनीले नेपालीको हितको विषयमा कुराकानी गरे । मरासिनीले न्युजर्सीको जर्सी सिटी काउन्सिल अध्यक्ष रोलाण्डो लाभारोलाई भेटेर नेपालीका हितका विषयमा कुराकानी गरे भने जर्सी सिटीको पर्यटन र वाणिज्यक्षेत्रका अवशरबारे पनि छलफल गरे ।

५ , कन्सुलेट जनरलको बदलिएको परिचय :

यसअगाडि कन्सुलेट जनरलको कार्यालयको परिचय पासपोर्ट र भिसा जारी गर्ने तथा अमेरिकामा हुने नेपालीका कार्यक्रमहरुमा अतिथि बनेर सहभागी हुने परिचयमा मात्र सिमित थियो । तर मधुकुमार मरासिनीले कन्सुलेट जनरलको परिचय नै बदलिदिए । पर्यटन बोर्डले अमेरिकामा करोडौं खर्च गरेर पनि प्रभावकारी कार्यक्रमहरु गर्न नसकेको सन्दर्भमा मरासिनीले पर्यटन र ब्यापार प्रवद्र्धनका क्षेत्रमा उल्लेख्य काम गरे । महावाणिज्यदूतावासको काम ब्यापार , संस्कृति र पर्यटन प्रवद्र्धन समेत भएको कुरा स्थापित गरे । न्युयोर्क र आसपासमा रहेका नेपाली समुदायमाझ अत्यन्तै सन्तुलित सम्बन्ध कायम गरेर काम गरे ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

बजेट: अंकगणित कि विश्वासको दस्तावेज ?

सरकारका दुई महिना : सय कार्यसूचीका अधिकांश काम कागजमा मात्र, कार्यान्वयन शून्यप्राय !

आन्दोलन कि हुलदंगा? १७ सांसदको भूमिकामाथि प्रश्न, सेनाको असहयोगमाथि आयोगको आक्रोश

के कर्पोरेट अमेरिकाले लोकतन्त्रको रक्षा गर्न सक्छ ?

अमेरिकी उच्च कूटनीतिज्ञ समिर पल कपुर सोमबार काठमाडौं आउँदै, तीन दिन काठमाडौंमा रहने

अमेरिकाको रोड आइल्यान्डमा चक्कु प्रहार गरी सैलुनभित्रै नेपाली महिलाको निर्मम हत्या

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group