ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जोरपाटी–सुन्दरीजल सडक मर्मत शुरु


admin
२९ आश्विन २०७५, सोमबार   ३ : २०   बजे

काठमाडौं, २९ असोज । जोरपाटीबाट सुन्दरीजलसम्मको सडकमा भएको खाल्डाखुल्डीको तस्वीर राष्ट्रिय समाचार समिति (रासस) बाट सार्वजनिक भएपछि मर्मत भएको छ ।

सो सडक बिस्तारका लागि भने टेण्डर भइसकेको छ । सडकको दायाँबायाँ घर भएका स्थानीयवासीले मुआब्जाविना भत्काउन नदिने भनी विरोध गरेपछि बिस्तारको काम हुन सकेको छैन । सर्वोच्च अदालतले मुआब्जा दिएर मात्र सडक बिस्तार गर्नु भनी गत वर्ष असोजमा फैसला गरेपछि उपत्यकामा बिस्तार भइरहेका सडकको काम अघि बढ्न सकेको छैन ।

बिस्तारको काम अघि नबढ्दा यो सडक पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्मे हुने गरेको छ । पानी परेर सडकमा पोखरी बनेको तस्वीर राससबाट असोज २० गते शनिबार सार्वजनिक भएको थियो । मर्मत गर्न नगरपालिका लगायत निकायको दबाब बढेपछि सडक विभागले नै काम शुरु गरेको हो ।

मेलम्ची खानेपानी आयोजनाको सुरुङको अन्तिम बिन्दु सुन्दरीजलमा पानी प्रशोधन केन्द्रलगायत संरचना निर्माणका लागि सामग्री लैजानसमेत यही सडक प्रयोग हुन्छ । यसैले यो सडकको समस्या सडक विभागमा लिएर जाँदा मेलम्चीलाई जिम्मा लगाएको छ भन्ने जवाफ पाइने गरेको गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुङ्गानाले जानकारी दिनुभयो ।

“मेलम्ची आयोजनाका अधिकारीसँग कुरा गर्न जाँदा काठमाडौँ उपत्यका सडक बिस्तार आयोजनालाई जिम्मा लगाएका छौँ भन्छन्, बिस्तारका लागि टेण्डर भइसकेको सडक मर्मतका लागि नगरपालिकाले मात्र रु पाँच लाखभन्दा बढी खर्च गरिसकेको छ”, उहाँले भन्नुभयो ।

मेलम्ची आयोजनाले मर्मत गरेर सडक बिस्तार आयोजनालाई हस्तान्तरण गरेको भन्ने जवाफ दिने गरेको नगरपालिकाले जनाएको छ । अहिले पनि मेलम्ची आयोजनाले राति १० बजेपछि ‘हेभी लोड’ का सवारीमा सामान लिएर सुन्दरीजल जाने गरेका छन् ।

आयोजनाले मर्मतका लागि पटकपटक गरेको अनुरोध नमानेकाले दशैँपछि सामान रोक्ने तयारी गरेको स्थानीयवासीको भनाइ छ । मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्त भने आयोजनाले नै सडक मर्मत गर्नुपर्छ भन्ने कुनै लिखित दस्तावेज नरहेको बताउनुहुन्छ ।

“सुरुङको अन्तिम बिन्दु जान दोबाटोचोकबाट महाँकालसम्म निर्माण गरेको १ दशमलव ६ किमी सडकको मर्मत आयोजनाले गर्छ सिन्धुपाल्चोकमा आयोजनाले नै निर्माण गरेको प्रवेश मार्गको मर्मत पनि आयोजनाले गर्छ”, उहाँले भन्नुभयो ।

एक महीनामै आयोजनाका धेरै काम सकिने भएकाले पनि मर्मत गर्न नसकिने प्रवक्ता पन्तले बताउनुभयो । यसका लागि आयोजनासँग बजेट समेत नरहेको जनाइएको छ । विभागका प्रवक्ता मुक्ति गौतम भने अदालतको अन्तरिम आदेशका कारण बिस्तार गर्न नसकिएकाले मर्मत शुरु गरिएको बताउनुहुन्छ । रासस

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group