ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मुटु र रगतको जाँच गरेर मात्रै मासु खानु उत्तम


admin
८ आश्विन २०७४, आइतबार   १ : ००   बजे

भक्तपुर, ८ असोज ।  दशैंमा बढी मासुको खपत हुने र मासुका विभिन्न परिकार खाने प्रचलनले स्वास्थ्यमा गम्भीर संकट निम्त्याउन सक्ने जनाउँदै चिकित्सकले सचेत हुन आग्रह गरेका छन् ।
दशैंमा बढी जोशिएर रातो (खसी, रांँगा र बढी बोसो हुने बगुर र बँदेल ) मासु सकभर नखान उनीहरुले सल्लाह दिएका छन् । आफन्त, नातागोता र साथीभाइसँंग मिलेर मासुका साथै मादक पदार्थ बढी पिउने हुनाले सर्वसाधारणलाई हृदयाघात हुने, रक्तचाप र युरिक एसिड बढ्ने तथा मिर्गाैलामा समस्या थपिने हुन्छ ।
चाडबाड मासु खानुअघि सकभर सबैले, नसके औषधि सेवन गरिरहेका मुटु र मधुमेहका रोगीले भने मुटुको अवस्था एवं रगतमा बोसोको अवस्थाबारे थाहा पाउन आफ्नो रगत (लिपिड प्रोफाइल) परीक्षण गर्न जरुरी भएको भक्तपुरको गठ्ठाघरस्थित हेल्दी हार्ट क्लिनिकका प्रमुख डा रोशन राउत बताउनुहुन्छ । अन्य बेलाका तुलनामा दशैंमा मासु र रक्सीको बढी सेवनले दशैं दशा बन्ने गरेको बताउँँदै मुटुरोग विशेषज्ञ डा राउत भन्नुहुन्छ “ज्यान बच्यो भने त मासु फेरि पनि खान पाइन्छ, एकै पटक धेरै मासु खाँदा मुटुरोग, उच्च रक्तचाप, डायबिटिज र युरिक एसिड भएकाले बढी सावधानी अपनाउनुपर्ने हुन्छ ।”
नेपाल हृदयरोग प्रतिष्ठानका पूर्वअध्यक्ष डा प्रकाशराज रेग्मी पनि उच्च रक्तचाप र मुटुरोगीलाई दशैंँमा बढी रातो मासु र मदिरा नखान सुझाव दिनुहुन्छ । दशैंमा शारीरिक अवस्था हेरी मासुका साथै हरियो सागपात र फलफूल खानुपर्ने वरिष्ठ मुटुरोग विशेषज्ञ डा रेग्मीले बताउनुभयो ।


अन्य समयका तुलनामा एकै ठाउँमा लामो समयसम्म बसेर जुवातास खेल्ने, शारीरिक अभ्यास नगर्ने, त्यसमाथि रातोमासु र मदिरा सेवन गर्नाले दशैंमा र दशैंलगत्तै उच्च रक्तचाप र मुटुरोगी बढ्ने जानकारी डा रेग्मीले दिनुभयो । “दशैं भन्दैमा चिल्लो बढी भएको मासु र अन्य परिकार तथा पिरो खाने, रातभरी नसुतीकन तास खेल्ने, शरीरलाई आराम नदिने व्यक्तिलाई हृदयाघात हुने सम्भावना बढी हुन्छ ”उहाँले भन्नुभयो ।
अन्य समयका तुलनामा दशंैमा मासु र मदिरा सेवनका कारणबाट हुने बिरामी धेरै आउने गरेको भक्तपुरको सल्लाघारीस्थित डा इवामुरा मेमोरियल अस्पतालका व्यवस्थापक रञ्जित मारिखुले बताउनुभयो । अस्पतालले मुटुरोगको उपचार शुरु गरेसंँगै दशैंमा मुटु रोग, उच्च रक्तचापलगायत स्वास्थ्य समस्या लिएर बढी बिरामी आउने भएकाले अस्पतालले आकस्मिक कक्षदेखि चिकित्सक्समेतलाई तयारी अवस्थामा राखिने जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group