ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ग्रिनकार्डका लागि नक्कली विहे गरेको नेपाली युवाबाट स्वीकार, साढे २ लाख डलर जरिवाना र ५ बर्ष जेल हुनसक्ने


abc news
२५ असार २०७६, बुधबार   ७ : ५७   बजे

ग्रिनकार्डको लागि १३ हजार डलरमा नक्कली विहे गरेको अभियोगमा अमेरिकामा फन्दामा परेका नेपाली इलोभ श्रेष्ठले आफूले गरेको अपराध अदालतसमक्ष स्वीकार गरेका छन् । सोमबार अमेरिकी अदालतमा बयान दिदै २९ बर्षका श्रेष्ठले ग्रिनकार्डको लोभमा एक महिलालाई मोटो रकम तिरेको स्वीकार गरेका हुन् ।

क्यालिफोर्निया निवासी इलोभ श्रेष्ठले गतबर्षको समरमा एकजना महिलालाई १३ हजार डलर तिर्ने गरी विहे गरेको भन्दै अदालतमा मुद्दा चलिरहेको छ । नक्कली विवाहको अभियोग लागेका उनलाई अहिले ५ हजार डलर धरौटीमा रिहा गरिएको छ । उनले कतिबर्ष जेल सजाय भोग्ने भन्नेबारे अदालतले फैसला गर्न बाँकी रहेको छ ।

गत नोभेम्बरमा श्रेष्ठबिरुद्ध मुद्दा दायर गरिएपछि गत जनवरीमा उनलाई पक्राउ गरिएको थियो । ६ महिनाको भिजिटर भिसामा सन् २०१५ मा आएका श्रेष्ठलाई जनवरी ११ मा सान होजेको अदालतमा पेश गरिएको थियो । श्रेष्ठको अर्को सुनुवाई बुधबार हुने जनाइएको छ ।

होमल्याण्ड सेक्युरिटीको अनुसन्धानबाट गत जुन १ मा २८ बर्षकी मरिना मुसेरो नामकी महिलाले विवाहसम्बन्धी वेवसाइटमा रकम तिरेर ग्रिनकार्डका लागि विवाह गर्न चाहने व्यक्ति खोजेको भन्दै विज्ञापन हालेकी थिइन् ।

त्यसपछि श्रेष्ठले जुन १३ मा उनलाई इमेलमार्फत सम्पर्क गरेको र श्रेष्ठले १३ हजार डलर तिर्ने सहमति भएपछि जुन २५ मा उनीहरुबीच विवाह भएको जनाइएको छ । अदालती कागजात अनुशार श्रेष्ठले मुसेरोलाई ३ हजार डलर तिरिसकेका छन् ।

मुसेरोले भने यसअगाडि नै अदालतसमक्ष जालसाजी विवाहको आफ्नो अपराध स्वीकार गरिसकेकी छिन् । उनलाई पनि ५ बर्षको जेलसजाय तोकिएको थियो ।

श्रेष्ठलाई पनि ५ बर्षसम्मको जेलसजाय र साढे २ लाख अमेरिकी डलरसम्म जरिवानाको सजाय हुनसक्ने जनाइएको छ ।  श्रेष्ठ सजायपछि नेपाल देशनिकाला समेत हुनसक्ने जनाइएको छ । यद्यपी अदालतले उनको सजाय तोक्न भने बाँकी रहेको छ । उनले अपराध स्वीकारेकाले सजाय केही कम हुने अपेक्षा समेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

बजेट: अंकगणित कि विश्वासको दस्तावेज ?

सरकारका दुई महिना : सय कार्यसूचीका अधिकांश काम कागजमा मात्र, कार्यान्वयन शून्यप्राय !

आन्दोलन कि हुलदंगा? १७ सांसदको भूमिकामाथि प्रश्न, सेनाको असहयोगमाथि आयोगको आक्रोश

के कर्पोरेट अमेरिकाले लोकतन्त्रको रक्षा गर्न सक्छ ?

अमेरिकी उच्च कूटनीतिज्ञ समिर पल कपुर सोमबार काठमाडौं आउँदै, तीन दिन काठमाडौंमा रहने

अमेरिकाको रोड आइल्यान्डमा चक्कु प्रहार गरी सैलुनभित्रै नेपाली महिलाको निर्मम हत्या

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group