काठमाडौ। वैदेशिक रोजगारी ठगी मुद्दामा इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भई फरार बिनु शाक्यलाई कम्बोडियाबाट पक्राउ गरी नेपाल ल्याइएको छ। सिन्धुपाल्चोक मान्खाकी उनलाई इन्टरपोलको कम्बोडिया शाखासँगको समन्वयमा पक्राउ गरी ठगी मुद्दामा कारबाही गर्न सोमबार स्वदेश ल्याएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। ...